युरोपमा रमाउँदै झरनाकी गुडियारानी सुहाना


सुहाना थापा चलचित्र ए मेरो हजुर ३ बाट रजतपटमा भित्रिएकी हुन् । तर उनले पहिलो चलचित्रबाट नै नसोचेको सफलता हासिल गरिन् । पहिलो चलचित्रबाट नै उनलाई दर्शकले अव्वल अभिनेत्रीको नाम दिएका छन् । दर्शक र समिक्षकबाट पाएको प्रतिक्रियाबाट सुहाना पनि निकै खुसी देखिएकी छिन् ।

यस्तै गत शुक्रबार सुहाना आफ्नी आमा झरना थापासँग चलचित्र ए मेरो हजुर ३ को प्रदर्शनको लागि युरोप गएकी छिन् । उनीहरुको यो यात्रा लामो हुनेछ । युरोप हुँदै आमा छोरी यूके, क्यानडा लगायतका देशमा चलचित्रको प्रदर्शन सकेर मात्र नेपाल फर्कनेछन् ।

यस्तै यूरोप पुगेर झरनाले आफ्नी गुडियारानी छोरीको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले तिमी नै मेरो मुस्कुराउँनुको आधार गुडियारानी भनेर क्याप्सन लेखेकी छिन् । सुहाना तस्बिरमा निकै राम्री देखिएकी छिन् । उनी छोटो समयमा नै सबैको प्यारी बन्न सफल भएकी छिन् ।

चलचित्र ‘ए मेरो हजुर ३’ बाट नै अभिनेत्री सुहाना थापाले निकै राम्रो क्रेज बनाउन सफल भइन्। झरना थापा र सुनिलकुमार थापाकी गुडियारानीलाई दर्शकले आफ्नी गुडियारानी बनाएका छन्।चलचित्रको विदेश प्रदर्शन सुरु भएको छ। सोहि दौरान यतिबेला निर्देशक झरना र अभिनेत्री सुहाना युरोपमा रहेका छन्।

शो संगै निर्देशक तथा अभिनेत्री झरनाले सामाजिक संजालमा छोरी सुहानाका तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन्।तस्वीर राख्दै झरना लेख्छिन्, ‘तिम्रो मुस्कानले मेरो जिन्दगि थप सुन्दर बनेको छ। ‘करिव २ महिना विश्वका विभिन्न देशहरु चलचित्र प्रदर्शन गरेर झरना स्वदेश फर्कनेछिन् भने सुहाना अमेरिकामा आफ्नो अध्यायनमा सक्रिय हुनेछिन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार