‘झट्का’ को ‘फेसबुक’ गीतमा दाह्री बाको यस्तो अवतार

काठमाडौँ ।

फिल्म ‘झट्का’ को पहिलो गीत ‘फेसबुक’ केही दिन अगाडि युट्युवमा आएको छ । फिल्मको यो गीतमा कलाकार सुरविर पण्डित (दाह्री बा) को फरक रुपलाई दखाइएको छ ।

‘फेसबुक’ गीतमा मनिष रेश र सहिमा श्रेष्ठले आवाज दिएका छन् । दिनेश सुवेदीको शब्द रहेको यो गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन्। गीतको भिडियोमा सुरेश पाण्डेले कोरियोग्राफी गरेका छन् ।

गीतमा सुरविर पण्डितसंगै श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठ लगायतले नृत्य गरेका छन् । रमेश बिसुङ्खेले निर्देशन गरेका फिल्ममा कथा पनि उनकै रहेको छ । फिल्मको निर्माण तुलसीलाल नेवाले गरेका हुन् । यो फिल्मले काठमाडौंको रात्री जीवनको कथा बोकेको निर्देशक बताएका छन् ।

सुरविर पण्डित, श्याम लाल श्रेष्ठसंगै रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे, हिक्मत कुवँर लगायतकाे अभिनय रहेकाे फिल्म ‘झट्का’ जेठ ३१ गते प्रदर्शनमा आउदैछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार