बन्दका क्रममा सवारी साधनमा आगजनी, कहाँ के भयो ?

काठमाडौं।

नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द अन्तर्गत सोमबार देशका विभिन्न ६ स्थानमा सवारी साधनमा आगजनी भएका छन् ।

जसमध्ये मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ मा ना.७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका-१ मा ना.६ ख ८००७ नम्बरको ट्रक, सुर्खेत भेरीगंगा नगरपालिका-८ मा ना.२ ख ७४४४ नम्बरको बस, नवलपरासी (पूर्व) कावासोती नगरपालिका-१६ मा बा.३ च ९३ नम्बर जिप, कालीकोट शुभकालिका गाउँपालिका-१ मा भे.७ प ४७५७ र भे.७ प ३५८ नम्बरको मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका-६ मा ना.८ ख ३७७० नम्बरको टिपरमा आगजनी भएका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार