धनगढीको होटलमा एक युवकको हत्या, दुई जना पक्राउ

धनगढी ।

धनगढीको बसपार्कमा रहेको श्रीपाल होटलमा एक जनाको हत्या भएको छ। हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार भएका छन् ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–वडा नम्बर ४ तारानगरका २१ वर्षीय आदर्श भट्ट आज अपरान्ह होटलको कोठामा मृत भेटिएका थिए ।
उनको शव कोठा नम्बर १०५ मा फेला परेको थियो ।

प्रहरीले भट्टसंगै कोठामा बसेका धनगढीकै यशपाल मल्ल र प्रकाश चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर प्रकाश डाँगीले जानकारी दिए ।

भारतको बैगलोरबाट होटल म्यानेजमेण्टको प्लस टुको पढाई सकेर आएका भट्ट दुई दिनदेखि साथीहरुसंगै होटलमा बसेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार