अस्ट्रेलियामा विवाह गरेर बिचल्ली परेकी नेपाली चेली, रुँदै राखिन् रवि लाई प्रश्न…(भिडियो सहित)

सिड्नी ।

सिधा कुरा जनता सँगको टिम यती बेला अस्ट्रेलियामा छन् । सिधा कुरा जनता सँग कार्यक्रम अस्ट्रेलियाका विभिन्न सहर बाट प्रसारण हुँदै आएको छ ।

अस्ट्रेलियामा रहेका नेपाली समुदायहरूको समस्याका बारे रवि लामिछानेले छलफल गरिरहेका छन् ।अस्ट्रेलियामा रहेको ‘लाहुरी टिभी’को सहकार्यमा लामिछानेले विशेष कार्यक्रम लिएर अस्ट्रेलिया आएका हुन् । त्यहाँ रहेका नेपाली समुदायमा धेरै किसिमका समस्याहरू देखिएका छन् । यसै बिच कार्यक्रममा अस्ट्रेलियामा विवाह गरी विच्चली भएकी एक नेपाली चेलीले रुदैँ रवि लामिछाने सँग गुनासो राखेकी थिइन् ।

दीपक पौडेल नाम गरेका व्यक्ति सँग उनले सन् २०१३ विवाह गरिन्, विवाह पछि सन् २०१४ मा उनका श्रीमान् दीपक अस्ट्रेलिया आइपुगे । २०१६ मा पीडित नेपाली चेली पनी अस्ट्रेलिया आइन् । उनी अस्ट्रेलिया आइसकेपछी उनका श्रीमान् दीपकले उनी माथि नराम्रो व्यवहार गर्ने र मेरो अर्कै गल्फ्रेण्ड छ, मलाइ डिभोर्स दे जस्ता कुराहरू गर्दै पीडित चेली माथि दबाव दिन थाले ।त्यस्तै विवादमा पनि सम्बन्ध चल्दै गयो । उनको अहिले १ वर्षको छोरा छन् । छोरा एक वर्षको भइसक्दा पनि दीपकले परिवार प्रति कुनै ध्यान नै नदिई विच्चली पारेको उनी गुनासो राखेकी छिन् । श्रीमान् अस्ट्रेलियामा अर्कै युवती सँग बस्दै आएको र हामिलाइ विच्चली बनाएको भन्दै रूदै गुनासो पोखेकी थिइन् । आफ्नो कुराहरू राख्दा सम्म उनको आँखामा आशु रोकिएको थिएन ।

बाकी उहाँ सँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा!

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार