ओमानमा बंगालीद्वरा दुई नेपाली महिलाको हत्या

यूएई ।

ओमानमा दुई नेपाली महिलाको हत्या भएको छ । बैदेशिक रोजगारीको शिलसिलामा ओमान पुगेकी मोरङ र बर्दिया घर भएकी दुई नेपाली महिलाको हत्या भएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो । ओमानको सलाहमा बस्दै आएकी अप्सरा दाहालको चक्कु हानेर हत्या गरिएको जनाइएको छ । चक्कु हानेर घाइते भएकी अप्सराको उपचारका क्रममा अस्पतालमा ज्यान गएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । अप्सराको शव अहिले सुल्तान अलकाबुस अस्पतालमा राखिएको छ ।

अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा तिनै बंगाली नागरिक संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ । घटना भएको ठाउँ टाढा भएकाले दूतावासको प्रतिनिधि पठाउने तयारी भइहरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिएकी छन् ।

बर्दियाकी सुनिता सार्कीको झुण्डिएको अवस्थामा फेला परेकी छन् । तर घुँडाले भुईं छोएकाले सुनिताको मृत्यु शंकास्पद देखिएको हो । सुनिताको मृत्युका बारेमा दूतावासलाई कुवेतमा रहेकी उनकी दिदीले जानकारी गराएकी थिइन् ।

सुनिता भिजिट भिसामा ओमान पुगेर घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् । अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँ छोडेर भागेर बंगाली नागरिकसँग बस्दै आएको प्रारम्भिक जानकारी पाएको दूतावासले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार