बिस्फोटक पदार्थसहित विप्लव समूहका सातजना पक्राउ

– काठमाडौँ |

पड्काउन बम बनाउन लागिएका कुकरसहित सशस्त्र प्रहरी बलले राजधानी फरक फरक स्थानबाट नेत्रविक्रम चन्दका सात कार्यकर्तालाई पक्राउ गरेको छ।

उनीहरूलाई तयारी अवस्थाका बम र अन्य घरेलु हतियारसहित आइतवार साँझ कोटेश्वर, जडीबुटी र नरेफाँट क्षेत्रबाट पक्राउ गरिएको हो। कुकुर बम बनाउन विस्फोटक पदार्थ बटुलेर हिँडिरहेका बेला उनीहरू पक्राउ परेका सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी सुरज श्रेष्ठले बताएका छन्।

उनीहरुको साथबाट सशस्त्र प्रहरीले एक बोरा पुल्ठो र तीनवटा झोलामा राखिएको पार्टीको पर्चा बरामद गरिएको छ। उनीहरू सबैजनालालाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।

पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालि घर भइ राजधानीमा बस्ने आशीष उपनामका डम्बरबहादुर तामाङ, सल्यानको बाघ भैरब घर भइ भक्तपुरस्थित अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष चित्रकमल ओली, भक्तपुरको ठिमी घर भएका नेवा: मुक्ति मोर्चाका केन्द्रीय सदस्य राकेश श्रेष्ठ, ओखलढुंगाको चण्डेश्वरी घर भएका बुद्धिबहादुर सुनुवार, रोल्पाको त्रिवेणी गाउँपालिका-५ घर भएका विप्लवका भक्तपुरसेक्रेटरी बुद्धिलाल पुन, झापाको मेचीनगर नगरपालिका-३ का तेजराज काफ्ले र रामेछापको खाँडदेवी गाउँपालिका-२ निवासी तेजबहादुर मोक्तान छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार