भरतपुरमा गोली लागेर घाइते

भरतपुर/

भरतपुरमा आज अपरान्ह गोली चल्दा एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा गोली चल्दा सोही ठाउँ निवासी ३८ वर्षीय सुकबहादुर चेपाङ घाइते हुनुभएको हो । मध्यान्ह १२ बजे घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा गोली लागि चेपाङ घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार घाइतको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उहाँको दायाँ खुट्टाको घँुडामा गोली लागेको प्रहरीले जनाएको छ । कस्ले कतिखेर के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार