रबि लामिछाने सहित सिधा कुराको टिम अस्ट्रेलियामा, विमानस्थलमा भब्य स्वागत (तस्विर)

सिड्नी।

चर्चित सञ्चारकर्मी तथा टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता सँग’का कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको टिम अस्ट्रेलिया आइपुगेका छन् । अस्ट्रेलियामा सिधा कुरा जनता सँगको टिमलाई भव्य स्वागत गरिएको छ । अस्ट्रेलियाको लोकप्रिय टेलिभिजन ‘लाहुरी टिभी’को सहकार्यमा लामिछानेले विशेष

कार्यक्रम लिएर अस्ट्रेलिया आएका हुन् ।उनको स्वागतको लागी सिड्नी विमानस्थलमा ठुलो सङ्ख्यामा विद्यार्थी, बुद्धिजीवी, समाजसेवी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू त्यहाँ पुगेका थिए । सिधा कुराको टिमले भोली मे २४ तारिखका दिन सिड्नीमा विशेष कार्यक्रममा सहभागिता जनाउने छन् ।


खासगरी अस्ट्रेलियामा रहेका विद्यार्थीको समस्यामाथि उनले कुराकानी गर्नेछन् । त्यहाँ विद्यार्थीका लागि भने, निशुल्क प्रवेश तोकिएको छ । विशेषगरी विद्यार्थीलाई कार्यक्रममा उपस्थितिका लागी सामाजिक अभियन्ता रितेन खड्काले आह्वान समेत गरेका छन् । सिधा कुरा जनता सँगको अस्ट्रेलिया विशेष प्रत्यक्ष कुराकानी सिड्नी सँगै राजधानी क्यानबेरा र पर्थमा पनि हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार