५० वर्षसम्म रिक्सा चलाउदा पनि साहुकै रिक्सा

Loading...

-आरके जी

रिक्सा गुडाएको आधा शताब्दीमा उनले ठूलो प्रगति गरेनन् तर मागेर खानुपरेको छैन । बीसको दशकमा एक जनाको भाडा सुका मोहर थियो । उनी हनुमानढोकाबाट असनको १० मोहर, सिंहदरबारको २० मोहर, ठमेलको १५ मोहर, लाजिम्पाटको २५ मोहर थियो । अहिले क्रमशः १२०, १५०, २०० रुपैयाँसम्म लिन्छन् ।

काठमाडौंको वसन्तपुर डबली अगाडि १५ वटा रिक्सा लाम लगाएर राखिएका थिए । त्यसमध्ये एउटा रिक्सामा बसेर ७१ वर्षीय मंगल तामाङ यात्रु पर्खिरहेका थिए । उनी वैशाखको गर्मीमा टहलिरहेका पर्यटकतिर आँखा डुलाइरहेका थिए। एक पर्यटकले ठमेल जान चाहेको बतायो । उनले जानीनजानी अंगे्रजीमा पर्यटकसँग बार्गेनिङ गरे । कुरा मिल्यो । पर्यटक रिक्सामा चढ्यो । उनी पर्यटकलाई बोकेर ठमेलतिर लागे ।

मंगल आधा घण्टापछि पुनःत्यहीं देखिए । रिक्सामा बसेर आरामगर्न थाले । काँधको तौलिया झिकेर निधारको पसिना पुछे । ऐतिहासिक बसन्तपुरको गद्दीतिर नियाले, जसलाई २०७२ को महाभूकम्पले जीर्ण पारेको थियो । त्यस्तै, जीर्ण बनाइदिएको छसाहुको रिक्साले उनलाई । रिक्साको पाइडल मारेर उनीठमेल, वसन्तपुर, न्युरोड, इन्द्र चोक, असनका साँघुरा गल्ली छिचोलिरहन्छन् ।

‘हामीलाई पहिला ड्राइभर भन्थे’, उनी विगत सम्झिँदै भन्छन्,‘ अहिले सहरियाले रिक्सावाला भन्छन् ।’भूकम्पका बेलादुइटा रिक्सा च्यापिए । रिक्सावालाले भागेर ज्यान जोगाए । भाग्नेमा उनी पनि पर्छन् । घाउको खत देखाउँदै उनी भन्छन्, ‘घुँडामा बढी बल प¥यो भने दुख्छ ।’

उनले रिक्सा चलाउन थालेको आधाशताब्दी भयो। उनी १५ वर्षको उमेरमा काठमाडौं छिरेका थिए । ‘मैले रिक्सा चलाउन थालेको २०१७ सालतिर हो सायद पञ्चायत शासन थियो’, उनी भन्छन्, ‘रिक्साको मोह अझै घटेको छैन । पञ्चेले देखाएको डरले कैयन् दिन रिक्साचलाइनँ। तैपनि रिक्सा चलाउन छोडिएन ।’

असन सुुन्दर युवतीझैं

उनका दाँत झरिसके । गाला चाउरिए । कपाल खुइलिए । तालु छोप्न क्याप लगाउँछन् । फ्याक्त परेको भुँडी भएपनि हलुकासँग रिक्सा हुइँकाउँछन् । रिक्साकै कमाइले जहान परिवार पाल्दै आएका छन् । ‘२०१७–१८ सालतिर रिक्साका लागि पनि पैदल यात्रुले बाटो छाड्थे’, उनी भन्छन्,‘अहिले रिक्सालाई टेर्दैनन् ।’

बसन्तपुर फेरिएको उनको अनुभव छ । तन्नेरी आँखाले देखेको राजधानीको कायादिन–प्रतिदिन बदलिइरहेको छ । रिक्साको संरचनामा फेरबदल आयो । तर, फेरिएन उनको दिनचर्या । सुरुवाती चरणमा रहरले चलाएको रिक्सा उनी करले चलाइरहेका छन् । भन्छन्, ‘पहिला रिक्सा चलाउनु नि ठूलै हुन्थ्यो अहिले हेला गर्छन् ।’

असनको बजार सिंगारिएकी युवतीझैं लाग्छ उनलाई । जहिले भीडभाडमै हराएकी देख्छन् उनी । यही भीडलाई छिचोलेर जीवनमा ५० वटा वर्ष छिचोले उनले । यो ५० वर्षमा राजनीतिमा धेरै फेरबदल भइरह्यो । तर, असनबजार र बसन्तपुरमा रिक्सा गुडाउने रिक्सावालाको जीवनमा कुनै परिवर्तन देख्न सकिन्न ।

पाकिस्तानमा जुल्फिकर अलिभुट्टोको हत्यापछि नेपालमा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यही आन्दोलनका थुपै्र विद्यार्थी नेतालाई बोकेर रिक्सा कुदाउँथे उनी । देश पञ्चयातको निरंकुशताबाट गुज्रिरहेको थियो । दलका नेताकार्यकर्ता भागाभाग गर्थे । ज्यान जोगाउन भाग्नेहरूलाई बोकेर उनी स्वयंज्या नजोगाउने दौडमा रिक्सा हुइँकाउँथे । ‘खरो पञ्चायतले खरो दौडाउँथ्यो’, उनीभन्छन् ।

सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था भन्नेमा ३६ सालको जनमत संग्रहमा यही आन्दोलनको नतिजापछि खरो पञ्चायतले निर्णय गर्न बाध्य भएको थियो । तर, मंगलयी कुरालाई बेवास्ता गरी रिक्सा चलाइरहे । भन्छन्, ‘त्यसबेला आन्दोलनकारीलाई रिक्साले धेरै सहयोग पु¥याएको थियो ।’

आफूले राजनीति नगरेपनि राजनीतिको प्रभाव भने उनी र उनको रिक्साले भोगेको बताउँछन् उनी । बहुदली यव्यवस्था ल्याउन आन्दोलन भयो । १० वर्ष सशस्त्रद्वन्द्व चल्यो । ०६२-६३ सालको जनआन्दोलनमा पनि उनको रिक्साले धेरै ठूलो भूमिका खेल्यो । धेरै पटक बन्द, हडताल भयो ।तर, रिक्सा रोकिएन । भन्छन्, ‘नेपाल बन्द हुँदा राम्रो कमाइ हुन्थ्यो ।’

५० वर्षसम्म साहुकै रिक्सा

रिक्सा गुडाएको आधाशताब्दी माउनले ठूलो प्रगति गरेनन् तर मागेर खानुपरेको छैन । बीसको दशकमा एक जनाको भाडा सुकामोहर थियो । उनी हनुमानढोकाबाटअसनको १० मोहर, सिंहदरबारको २० मोहर, ठमेलको १५ मोहर, लाजिम्पाटको २५ मोहर थियो । अहिले क्रमशः १२०, १५०, २०० रुपैयाँसम्म लिन्छन् ।

त्यस बेला एउटा रिक्साको मोल ४ सय पथ्र्यो । अहिले १लाखसम्म पर्ने उनी बताउँछन् । हाल ठमेल, बसन्तपुर इन्द्र चोक वरिपरि १ सय ५२ वटासम्म रिक्सा चल्दै आइरहेका छन् । कुनै जमाना असनको आकर्षण रिक्सा थियो । अहिले इन्जिन सवारी साधनका कारण रिक्साको चार्म घटिरहेको उनको ठम्याइ छ । भन्छन्, ‘रिक्सा चलाउनेहरू पलायन हुँदै छन् ।’

उनको साहुका ५० वटा रिक्सा छन् । उनको आफ्नै रिक्सा छैन । दैनिक रिक्सा चलाउँदै आएका मंगल साहुलाई दैनिक १ सय रुपैयाँ बुझाउँछन् । भन्छन्, ‘कमाइ भएपनि नभएपनि एक सय तिर्नै पर्छ ।’

रिक्सा चलाएर नयाँ रिक्सा किन्न सक्ने बनाए नउनलाई । तर, मोह रिक्सामै छ उनको । जीवन धान्न मात्रै सघाइरहेको रिक्सातिर हेर्दै भन्छन, ‘आफ्नै रिक्सा किन्न सक्ने बनाएन साहुको रिक्साले ।’

रिक्सावाला मारमा

२०१७ सालदेखि डेरा गर्दै आइरहेका छन्मंगल । पहिले मासिक भाडा ३ सय तिर्थे, अहिले ५ हजार । साहुलाई दिनेदेखि आफ्नो सबै खर्च रिक्साबाटै जुटाउनुपर्छ । ‘पपुलेसन भेइकलले रिक्सा पहिलेजस्तो खोजिन्न’, उनी भन्छन्,‘ भेइकल फ्रिजोनले रिक्सावाला मारमा परेका छन् ।’

गरिबीमा पिल्सिएका लागि रिक्सा गतिलो पहुँच हो । कम पढेलेखेकाका लागि रिक्सा सजिलो काम हो । तर, नेपालीहरू रिक्सा चढ्न लाज मान्छन् । तर, विदेशीयही रिक्सा खोज्दै हिँडेको बताउँछन् उनी । भन्छन्, ‘रिक्सा चढे खिसी गर्छन् ।’

वृद्ध भत्ताको बेवास्ता

शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने घोषणा गर्यो । उनले त्यसको वास्तै गरेनन् । भन्छन्, ‘हातगोडा चलुन्जेल रिक्सा चलाएरै खान्छु ।’

सहर फेरिँदै गएको छ । सुन्दर र कलात्मक घर कंक्रिटमा रुपान्तरण हुँदै छन् । असनका गल्लीमा भएका काठका सुन्दर ढोका सटरमा फेरिए । किनमेलको कारोबार फस्टायो । तर, रिक्सावालाको जिन्दगी भने रिक्साभन्दा माथि उक्लिएन । ‘अब रिक्साको पैयाँझै खिइन्छ जिन्दगी’ उनी भन्छन् । उनले यसो भनेको सुनेर अर्को रिक्साको तन्नेरी करायो, ‘के खाथ्यौ दाइ, रिक्सा चलाएर थाक्दैनौ ?’
उनले मुसुक्क हाँसेर जवाफ दिए, ‘पहाडको पानी भाइ ।’

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार