‘दराज अनलाइन’ सपिङको यस्तो लुट !

काठमाडौं ।

पछिल्ला समयमा अनलाइनबाटै सपिङ गर्ने प्रचलन बढेको छ । तर, मानिसले सजिलोका लागि अनलाइन मार्फत सपिङ गर्ने गरेपछि केही अनलाइन सामान बेच्ने कम्पनीले भने लुटनै मच्चाएका छन् । डाक्टर रामहरी त्रिपाठीले हाम्रो लाइभ कार्यक्रममा आफूलाई दराज अनलाइन खरिद कम्पनीले ठगेको भनेर गुनासो गरेका थिए ।

त्रिपाठीले दराज अनलाइन मार्फत हकिन्सको प्रेसरकुकर मगाए, जसको मूल्य ५ हजार ९९ तोकिएको थियो । दराजको डेलिभरी गर्ने मानिसले घरमा कुकर प्रेसर पठायो तर, आफ्नो अगाडि नखोल्न भने । त्रिपाठीले पछि खोल्दा उक्त प्रेसर कुकरमा एमआरपी १२ सय ९५ रुपैया तोकिएको थियो । जसको नेपाली २ हजार ७२ मात्र हुन्छ । यहाँ दराजले ३ हजार २७ रुपैयाँ फाइदा खाएको देखिएकाे छ ।

सामग्रीमा राखिएको एमआरपी भनेकै म्यक्सिमम रिटेल प्राइज भएकाले सामानको लेखिएको भन्दै बढी मूल्य उपभोक्ताले तिर्न नपर्ने उपभोक्ता अधिकारवादी प्रेमलाल महर्जन बताउँछन् । दराजले आफूलाई ठगेको महशुस गरेपछि त्रिपाठीले सामान पु¥याउने व्यक्तिलाई मगाएको सामान नभई अर्कै सामान अएकाले त्यो फिर्ता गर्न भने । ती व्यक्तिले अनलाइन मार्फतनै सामान फिर्ता गर्न मिल्ने भने ।

आफूलाई ठगेको भनि आक्रोशित बनेका त्रिपाठीले फेरी दराजबाट केही सामान मगाए । त्यो सामान उनले उक्त सामान प¥याउने व्यक्तिकै अघि खोलिदिए । त्यहाँ पनि एमआरपी भन्दा डबल पैसा माग गरेको देखेपछि उनले सामान फिर्ता गरिदिए । अहिले सामान पु¥याउने व्यक्तिलाई कम्पनीले किन खोल्न दिएको भनि उक्त सामानको पैसा उन्को तलबबाट काट्ने भन्दै धम्की दिइरहेको छ ।

दराजको सामान डेलिभरी गर्ने व्यक्ति उक्त सामानले गर्दा आफ्नो तलबबाट पैसा काटिने भनि चिन्ता व्यक्त गरिरहेका छन् । दराजले उपभोक्तालाई यसरी ठगिरहेको थाहा पाएपछि हाम्रो टिम रामहरी त्रिपाठीसँग दराजको कार्यालय पुग्यो । जहाँ दराजका कर्मचारी पुनः उनले खोलेको सामानको पैसा फिर्ता गर्न दबाब दिइरहेका छन् ।

हामीले यसरी दराजको लुट हो कि होइन भनेर सोध्दा तिनै कर्मचारी गल्ती भएको स्वीकार गर्छन् । तर आफूलाई बम राखेर ल्याएको भएपनि थाहा नहुने र खोलेको सामान फिर्ता नहुने बताउँछन् ।
गएको कार्यक्रममा हाम्रो कार्यक्रममा लाइभ गुनासो गरेपछि अहिले भने दराजमा कार्यरत कुनै अधिकारीले कसरी गल्ती हुन गयो त्यसको छानविन गर्ने बताइरहेका छन् । अनलाइनमा अडर गरेजस्तो सामान डराजले नपठाउने अन्य व्यत्तिहरुले पनि गुनासो गरेका छन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले तोकिएको मूल्य भन्दा बढी पैसा लिए जरिवाना देखि कैद सजायको प्रष्ट व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार