काठमाडौं।
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले यस पटक ‘मत्स्यकन्या’को रुप धारण गरेर रेड कार्पेटमा पुगेकी थिइन् । उनको साथमा उनकी छोरी आराध्या पनि थिइन् ।
फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा उनी गोल्डेन थिममा ‘मत्स्यकन्या’को शानदार लुकमा देखिइन् । कान्समा ऐश्वर्याको यो १८ औँ इन्ट्री हो । उनले सन् २००२ मा पहिलोपटक कान्समा डेब्यु गरेकी थिइन् । ऐश्वर्या गोल्डेन ग्रीन मर्मेड ड्रेसमा पुगेकी थिइन् । उनी निकै सुन्दरी देखिएकी थिइन् ।