सलमान-आलिया रोमान्स : किन तौल बढाउँदैछिन् आलिया भट्ट ?

एजेन्सी ।

हालै फिल्म निर्माता सन्जय लीला भन्सालीले सलमान खान र आलिया भट्टलाई लिएर एक घोषणा गरेका थिए । उनले सलमान र आलिया छिट्टै फिल्म इन्साअल्लाह मा काम गर्ने बताएका थिए । यस फिल्म सन्जय लीला भन्सालीले नै निर्देशन गर्ने भएका छन् ।

अहिले यस फिल्मको नयाँ खबर सार्वजनिक भएको छ । आलिया भट्टले यस फिल्मको लागि आफ्नो वजन बढाउने भएकी छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, सलमानले निर्देशक भन्सालीलाई आलियाको वजन बढाउन भनेका छन् । आलिया आफ्नो सामुन्ने निकै पातली देखिने भएकाले सलमानले यस्तो आग्रह गरेका हुन् ।

भन्सालीसँग सलमानले भने, जब हामी दुई इन्साअल्लाह मार्फत पर्दामा देखिन्छौं तब दर्शकलाई हेर्दा पनि राम्रो लाग्नु पर्यो नि । नत्र हाम्रो जोडी अजिबको देखिनेछ ।

सन्जय लीला भन्सालीको फिल्ममा र सलमानसँग काम गर्न निकै इच्छुक रहेकी आलियाको सपना पूरा हुँदैछ भने यस फिल्मको लागि पक्कै आलियाले अफ्नो वजन बढाउनेछिन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार