श्री पशुपतिनाथले सबैको कल्यान गरुन,ज्येष्ठ ०६ गते सोमबार\मई २० तारिखको राशिफल

वि.सं. २०७६ ज्येष्ठ ०६ गते सोमबार तदनुसार ई. सं. २०१९ मई २० तारिख, ज्येष्ठ कृष्ण द्वितीया, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, शिव योग, तैतिल र गर करण, आजको मूहुर्त : अग्निवास(होमादि), चूडाकर्म(छेवर),

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०६:५६ देखि ०८:३८ सम्म, यमघण्ट : बिहान १०:१९ देखि १२:०१ सम्म, गुलिक काल : दिउँसो ०१:४३ देखि ०३:२४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
अमृत वारवेला : बिहान ०५:१५ देखि ०६:५६ सम्म र साँझ ०५:०६ देखि ०८:०६ सम्म, लाभ वारवेला : दिउँसो ०३:२४ देखि ०५:०६ सम्म, शुभ वारवेला : बिहान ०८:३८ देखि १०:१९ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमला वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चन्द्रमा अनिष्ट भएकाले प्रतिकूल एवं विपरीत परिस्थिति छ, त्यसैले आज बढी रौसिनु हुँदैन । प्रणय र प्रेमप्रसङ्गमा भुलिनु राम्रो हुँदैन । यद्यपि राशिमा परेको राम्रा ग्रहको प्रभावले स्फूर्ति र उमङ्ग नै देखा पर्नेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । तपार्इंको विचार, धारणा र व्यक्तिगत दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ । आमरूपमा शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, बाटो काट्दा वा गाडी गुडाउँदा सचेतता अपनाउनु राम्रो हुन्छ । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मित्रवर्गबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, तर रिसराग, आवेग र क्रोध आजका शत्रु हुन् भन्ने बिर्सनु हुँदैन । यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तनमननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । दिउँसो बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त पर्नेछ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । मनमा दार्शनिक र आध्यात्मिक भावना ुउत्पन्न हुनसक्छन् । पारिवारिक जीवनमा सामान्य तनाव हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चन्द्रमा अशुभ छ, तर डराई हाल्नुपर्दैन । सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ । मित्रवर्ग र आफन्तहरूले सक्दो सहयोग गर्नेछन् । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ । उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पराक्रम प्रदर्शन गरी प्रतिष्ठा प्राप्त गर्ने समय हो । परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । कुटुम्बले सहयोग गर्नेछन् । बन्धुवान्धवबाट समेत सहयोगको अपेक्षा गर्न सकिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिन मध्यमखालको छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । मुखलाई नियन्त्रण गरेको जाति हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसा÷व्यवसायमा उन्नति मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ, हाँकेका, ताकेका काम बन्नुका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्न सक्छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी÷प्रेमिकाको मिलन हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसा÷रोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ, नत्र हानि पुग्ने लक्षण पनि छ । सामान्यतया आम्दानीका मार्गमा मिहिनेत गरेअनुरूप फाइदा नै हुनेछ । तर आयको अनुपातमा खर्चको मात्रा बढ्ने सङ्केत छ । शत्रु र प्रतिस्पर्धीबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, भाग्यमा चन्द्रमा रहेकाले आफ्नै पाखुरी र बुद्धि खियाएर जुनसुकै काममा सफलता पाउनु हुनेछ । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ, तर त्यसलाई कार्यान्वयन गर्न विलम्ब गरेमा भाग्यबलमा कमी आउन सक्छ । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखा पर्न सक्छन् । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार