सुनसरी।
धरानमा अवैध रुपमा यौन धन्दा चलाउदै आएका चार जना होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका १२ स्थित होटल साकेलाका संचालक खिसा बहादुर राई, धरान ७ स्थित होटल एवानका संचालक दिपेन्द्र श्रेष्ठ, धरान १२ स्थित रहेको फाईन होटलका संचालक नबिन मगर र धरान ७ परेलि होटलका संचालक लिला बहादुर बस्नेत पक्राउ परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । हाेटल संचालक पक्राउ संगै प्रहरीले ६ जना महिलाको उद्दार समेत गरेको छ ।
हाेटलमा १८ देखि २३ वर्ष उमेरका युवतीहरुलाई होटल सञ्चालकले यौनधन्दामा लगाउने र उनिहरूलाइ साे बापत ५ देखि १५ सयसम्म रकम दिनेगरेकाे खुल्न आएको छ । पक्राउ परेकाहरुलाई मानव बेचविखन कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भएरहेकाे प्रहरीले जनाएकाे छ ।