शिशु सिद्धार्थलाई राजकिय सम्मानका साथ गृह नगर भित्राइयो

Loading...

-मनोज श्रीवास्तव

कपिलवस्तु । पुर्णिमाका दिन लुम्बिनीमा जन्मिएका शिशु सिद्धार्थ गौतमलाई राजकिय सम्मानका साथ गृह नगर कपिलवस्तुमा भित्राईएको छ । लुम्बिनीबाट बाजा गाजाकासाथ ल्याईएका शिशु बुद्धलाई जिल्लाको तौलिहवास्थित जमुवार पुलबाट बग्घीमा चढाएर तिलौराकोटमा पुर्याईएको हो ।

शिशु सिद्धार्थलाई गृह नगर तिलौराकोटमा पुर्याउने कार्यक्रमलाई प्रथम मायादेवी प्रसुती उत्सवको नाम दिईएको थियो । लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तरगत प्रदेश ५ सरकारले तिलौराकोटमा प्रथम मायादेवी प्रसुती उत्सव आयोजना गरिएको हो ।

सो अवसरमा बुद्धको मावली देवदहका नगर प्रमुख हिरा बहादुर केसीले कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह सहितको टोलीलाई बालक सिद्धार्थ गौतमका लागि भोटो उपहार दिएका थिए । त्यस्तै्र रामग्राम नगरपालिकाको टोलीले सिद्धार्थको गृह नगर कपिलवस्तु नगरपालिकालाई उपहार प्रदान गरेको थियो ।

प्रथम मायादेवी प्रसुती उत्सवलाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पर्यटनमन्त्री बातावरण निर्माण र आफै भित्र भ्रमण संस्कृतीको विकास गर्न नसकिए पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए । बिगतमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सिद्धार्थ गौतम नेपालमा भए पनि गौतम बुद्ध भारतमा भएको भन्ने भनाई राखेको विषयमा फरक मत राख्दै सिद्धार्थलाई बुद्ध बन्ने आधार कपिलवस्तुले दिएको तर्क दिए ।

उनले बुद्धस्थलको विकासका लागि स्थानीय र स्थानीय सरकारले बढी ध्यान पुर्याउन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा प्रदेशका पर्यटनमन्त्री लिला गिरी, भौतिक योजनामन्त्री बैजनाथ चौधरी लगायतले प्रदेश सरकारले बुद्धस्थलको विकासलाई प्राथमिकतामा राखेको बताएका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार