यसै सिजनको सुरुवातमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस पुगेका पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सिरी ए को ‘प्लेयर अफ द सिजन’ बनेका छन् ।
यस सिजन युभेन्टसलाई घरेलु लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका रोनाल्डो सिरी ए को ‘प्लेयर अफ द सिजन’ बनेका हुन् । रोनाल्डोले यस सिजन सिरी ए का ३० खेल खेल्दा उनले लिगमा २२ गोल गरेका छ्न् । उनले ११ गोलका लागि असिस्ट समेत गरेका छन् । उनले युभेन्टसका लागि सबै खाले ४२ खेलमा २८ गोल गरेका छन् ।
त्यस्तै उत्कृष्ट गोलरक्षकको अवार्ड इन्टर मिलानका हान्डानोभिच जितेका छन् । उत्कृष्ट डिफेन्डरको अवार्ड नेपोलीका कालिडु कौलीबाली, उत्कृष्ट मिडफिल्डरको अवार्डलाजियोका सर्गे मिलिन्कोभिच(साभिच, उत्कृष्ट फरवार्डको अवार्ड साम्पडोरियाका फाबियो क्वाग्लीआरेल्ला र उत्कृष्ट युवा खेलाडीकव अवार्ड रोमाका निकोलो जानिओलोले जितेका छन् ।