दक्षिणकाली माताले सबैको कल्याण गरुन ,ज्येष्ठ ०५ गते आइतबार\ मे १९ तारिखको राशिफल

वि.सं.२०७६ साल ज्येष्ठ ०५ गते । आइतबार । इस्वी सन् २०१९ मे १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि प्रतिपदा,५२ घडी ३४ पला,रातको ०२ बजेर १७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र अनुराधा,५४ घडी १६ पला,रातको ०२ बजेर ५८ मिनेट उप्रान्त ज्येष्ठ । योग परिधि,२१ घडी ५८ पला,दिउसो ०२ बजेर ०२ मिनेट उप्रान्त । करण वालव,दिउसो ०२ बजेर ३४ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मृत्यु योग । चन्द्र राशि वृश्चिक काठमाडौँमा सूर्योदय ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ४९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाई लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनी सँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विभिन्न कारणले पढाई लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । लगानी गर्दा साझेदार हरुबिच मतभेद बढ्नेछ । पढाई लेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्ति तथा विलासी बस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको विकास हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । आफन्त तथा साथभाईहरु सँग विवाद बढ्नेछ । शत्रुहरू लाग्नेछन् भने न्यायिक निर्णयहरू तपाईँको विपक्षमा फैसला हुनेछन् । नाफा मूलक व्यवसायमा खासै फाइदा नभए पनि सेवामूलक कामबाट नाम कमाउन सकिनेछ । अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पति परिनेछ । माया प्रेममा नजिक भए पनि विवाद हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । बिहानको समय मध्यमय रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामान्य घटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले कामहरू समयमा सम्पन्न नहुने योग रहेको छ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धि न्यून हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दौडधुप तथा लामो खटाइले मात्र कामहरू सम्पादन हुनेछन् । पुराना मुद्दाहरूको निर्णय तपाईँको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफूभन्दा ठुला तथा प्रतिष्ठित व्याक्तिहरु सँग विवाद बढ्ने योग रहेको छ । प्रणय सम्बन्धमा आत्मीयताको कमी हुनेछ । कष्ट कारक यात्रा नहोला भन्न सकिन्न ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्ब तथा बोली भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्ब सँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्ययमबाट राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एक कदम अगाडि आउनेछ भने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समय अनुकूल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाथे आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ । पढाई लेखाइमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ मने स्वदेशी सामानको व्यापारमा मन्दी आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । विशिष्ट व्यात्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिस सँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरूले विशेष ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाई लेखाई तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरु वर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विशेष सामान तथा उपहार प्राप्त हुने योग रहेको छ । पढाइकै सिलसिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा नजिक भई रमाउने समय रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

-ज्योतिषी गणेश काफ्ले ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार