काठमाडौं ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी, नेपाली वाम आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धामा ल्याउने राजनीतिज्ञ । जसको निधन भएको २६ वर्ष बितेको छ । तर, उनीसहित जीवराज आश्रितको मृत्युको कारण रहस्यमै रहँदा भण्डारीद्वारा प्रबर्धित‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त पनि बेबारिसे बनेको छ ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । घटनाको २६ वर्ष वित्दा दासढुंगा दुर्घटना नियोजित थियो कि दुर्घटना मात्रै भन्ने रहस्यमै छ । घटनाका एकल साक्षी एवं जीप चालक अमर लामाको २०६० साउन ११ गतेकाठमाडौंको कीर्तिपुरमा हत्या भएपछि दासढुंगा दुर्घटना षड्यन्त्र थियो भन्नेलाई बल पुगे पनि घटना यताका कुनै पनि सरकारले चासोपूर्वक प्रमाण खोज्ने प्रयास गरेनन् । गृहमन्त्री रामबहादुर थापाको दावीमा वर्तमान सरकार भने त्यसमा लागिरहेको छ ।
भण्डारीको निधन रहस्यमै रहँदा उनले पूवद्र्धन गरेको ‘जनताको बहुदलीय जनवाद’ पनि बेबारिसे बनेको छ । जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने तत्कालिन एमाले र एक्काइसौं शताब्दीको जनवाद भन्दै आएको माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा ‘जवज’को निरन्तरतामा प्रश्न छ । साविक एमालेका नेता निरन्तरता र माओवादी केन्द्रका नेता समयअनुसार परिमार्जन र परिस्कृत गर्नुपर्ने पक्षमा छन् ।
विश्वमै ओरालो लागेका बेला भण्डारीले ‘जवज’मार्फत वाम आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धामा उत्प्रेरित गर्ने विचार ल्याउँदा उनी नेतृत्वको दल एमालेले त्यसको सफल प्रयोग पनि ग¥यो । ‘बन्दुकको नालबाट सत्ता जन्मिन्छ’ भन्ने पार्टी पनि भण्डारीकै विचार पछ्याएर उनैले अगाडि बढाएको पार्टीमा एकता गर्न आइपुगे ।
नविनतम् विचारकै कारण न्यूजवीकले ‘कार्लमाक्र्स नेपालमा जीवित छन्’ भनेपछि विश्वमै खोजी गरिएका भण्डारीले २०४७ सालको संविधानमा राखेको २७ बुँदे असहमति कालान्तरमा राष्ट्रिय मुद्दा बन्यो । र, केही हदसम्म त्यसैको जगमा अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ ।