रियल मड्रिडले नेयमारलाई २०० मिलियन युरोमा किन्दै !

काठमाडौं।

पेरिस सेन्ट जर्मन र नेयमार अहिले निकै अस्थिर अवस्थामा छन् । पिएसजीले नेयमारलाई २ वर्षअभि बार्सिलोनाबाट रेकर्ड २२० मिलियन युरो तिरेर ल्याएको थियो । यद्यपि पिएसजी आएपछि नेयमारले विश्व्का उत्कृष्ट खेलाडीको उचाइमा आफूलाई उभ्याउन सकेनन् । अहिले उनी रियल मड्रि जान इच्छुक छन् ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नेयमारलाई अनुबनध गर्ने ‘मिसन’मा छन् । नेयमारको खेल क्षमताले मात्र नभइ उनको ठूलो परिमाणको बजार ब्राण्डलाई पनि हेर्दै रियल उनलाई ल्याउन चाहन्छ । उता पिएसजीले २ वर्षसम्म उनलाई क्लवमा राखेर खासै उपलब्धी लिन सकेको छैन बरु नेयमारको घरेलु लिग हारेपछि फ्यानमाथिको आक्रमणले उनले ३ घरेलु र ३ च्याम्पियन्स लिग खेलमा प्रतिबन्धको सजाय पाएका छन् ।

डायरिया गोलको समाचार अनुसार पिएसजीका मालिक नासेर अल खलिफीलाई लाग्न थालेको छ कि नेयमारमाथिको लगानी अब थप उपलब्धीमूलक हुने छैन किनकि क्लवमा उनीभन्दा राम्रो प्रदर्शन फ्रेन्च स्टार किलियन एम्बाप्पेको छ । त्यसैले यी कतारी व्यवसायी नेयमारको बजार मूल्य उच्च भएकै अवस्थामा उनलाई बेच्न चाहन्छन् । यद्यपि अहिले उनको मूल्य पिएसजीले बार्सिलोनालाई तिरेको मूल्य भन्दा केही कम हुन सक्छ ।

रियल मड्रिड नेयमारको लागि २०० मिलियन युरो तिर्न तयार छ र यो मूल्य नेयमारजस्ता खेलाडीको लागि अनुचित मूल्य पनि होइन । रियल पिएसजीसँग यस विषयमा छलफल गर्ने तयारीमा छ र पिएसजीले नेयमारको विकल्पमा अर्को खेलाडी अनुबन्ध गरेसँगै यो प्रक्रिया सुरु हुनेछ ।

पिएसजीमा नेयमारको विकल्पको रुपमा लेफ्ट विंगर एन्जेल डि मारिया राम्रो विकल्प हुन सक्छन् । अर्कोतर्फ बार्सिलोनाले हटाउन चाहेका फिलिप कोटिन्हो पनि पिएसजी आउन सक्छन् । नासेर अल खलिफी भने निकोलस पेपेलाई ल्याउन सोचमा छन् । पेपेको मूल्य अहिले ७० मिलियन युरो पर्ने अनुमान गरिएको छ । पिएसवीले पेपेलाई अनुबन्ध गर्नुको अर्थ नेयमार रियलतर्फ अगाडि बढे भन्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार