२५ करोड वर्ष पुरानो डाइनोसर युगको रुखको अवशेष भेटियो

काठमाडौं ।

भारतीय राज्य हिमांचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा। हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् ।

डा चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा दिइने भएको छ । उनले करिब एक सातामा विभागको टोलीले त्यहाँ आइपुग्ने जानकारी दिए । उनका अनुसार अवशेषका आधारमा रुख विशाल र डाइनोसर युगको हुनुपर्छ । रुखको अवशेष १२ फिट लामो र ८ फिट चौडा छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार