उत्तर कोरियामा चरम खडेरी, जनजीवन कष्टकर

काठमाडौं ।

उत्तर कोरिया दशकौंयताको चरम खडेरीको मारमा परेको छ ।३७ वर्षयताकै चर्को खडेरीको मारमा परेको उत्तरले खडेरीले पुर्‍याएको असरविरुद्ध जुध्न नागरिकलाई आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका एक करोड जनता तत्काल खाद्यान्न सहयोगको आवश्यकतामा रहेको जनाएको केही समयपछि नै उत्तरले यस्तो आह्वान गरेको हो ।खडेरीका कारण बालीनालीमा व्यापक क्षति पुगेको बताइएको छ । यस वर्ष सन् १९८२ यताकै सबैभन्दा कम पानी परेको छ ।

यसअघि, ९० को दशकको खडेरीका कारण उत्तर कोरियामा लाखौंको मृत्यु भएको विश्वास गरिन्छ ।आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि सन् २००६ यता अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार