लिस्बन, पोर्तुगल ।
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औ जन्म जयन्तीको अवसरमा हरेक वर्ष झैँ यसबर्ष पनि१८ मे २०१९ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा यात्राको आयोजनाको तिब्र तयारी भएको छ ।
लिसवनका लागि अबैतानिक वाणिज्यादुत मकर बहादुर हमालको संयोजकत्व, पर्यटन दुत रमेशकुमार गुरुङ को सह-सम्योजकत्व र पोर्चुगलमा अवस्थित सम्पुर्ण संघ सस्थाहरुको आयोजनामा हुनलागेको खबर छ। बुद्धको प्रचार–प्रसार गर्न र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि विदेशी भूमिमा बृहत् कार्यक्रम गरेर बुद्ध जयन्ती मनाउन लागिएको गुरुङले बताएका छन्। ¥यालीमा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्म गुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता रहने बताइएको छ । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले यहाँ क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा बुद्ध जयन्ती मनाउन लागिएको हो ।
बिहान १२ बजे देखि CASA DE LAFOES को हल RUA DA MADALENA ,199 first floor मा भगवान बुद्धको पुजा आराधना पश्चात्,दिनहुँ दसौं हजार देशीविदेशी पर्यटक आवतजावत रहने ऐतिहासिक केन्द्र “प्रासा दि कमर्सियो” ( समुन्द्रको छेउ) बाट शोभा यात्रा दिनको ३ .४५ बजे शुरु भई मार्तिमुनिज पार्कमा आइ विशेष समारोहका बिच प्रसाद वितरण पश्चात सम्पन्न हुनेछ । शोभा यात्रामा बुद्ध र उनका उपदेश अंकित प्ले कार्ड र बिभिन्न झाँकीहरु समावेश हुनेछन् । आ -आफ्नो भेषभुषामा झाकी र बाजागाजा सहित हुने शान्ति पदयात्रा मा नेपाली नारी समाज हरेक वर्ष झैँ सरिक हुन लागेको कुरा सस्थाकी उपाध्यक्ष्य मिना खरेलले भोइस अफ नेपाललाई जानकारी दिएकी छन्।
प्रबासमा बुद्ध भूमि नेपाल र नेपालीको पहिचानको प्रचार-प्रसार गर्ने यस अभियानमा सरिक भई कार्यक्रम लाई भब्य रुपमा सफल बनाउन पोर्चुगलबासी सम्पूर्ण नेपाली बुवाआमा,दाजुभाई, दिदीबहिनीहरुललाई नेपाली नारी सामाजले आग्रह गरेको छ।
साथै नेपालको राष्ट्रिय झण्डा र आ-आफनो समुदायका भेष भुषामा उपस्थित भई शोभा यात्रालाई थप आकर्षक बनाउन आ-आफनो स्थान बाट सहयोग गरिदिनु हुन सम्बन्धित सबैलाई २५६३ ओं बुद्ध जयंती मुल समारोह समितीकोतर्फबाट हार्दिक अनुरोध गरिएको छ।
उक्त कार्यक्रमले भिजिट नेपाल २०२० को प्रवद्र्धन गर्नका लागि महत्वपुर्ण भूमिका रहने कुरा पोर्तुगलका लागि नेपाल पर्यटन बोर्डका एचपीआरआर रमेशकुमार गुरुङले बताएका छन् ।