भोली बुधबार इतिहासकै अति पवित्र दिन मोहिनी एकादशी । यी कार्य गरे हुनेछ चमत्कारीक लाभ !

काठमाडौ ।

भोली बुधबार मोहिनी एकादशी, वृष संक्रान्ति र अन्तर्राष्ट्रिय परिवार दिवस परेको छ । वैशाख मास शुक्ल पक्षको एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो दिन इतिहासकै पवित्र दिनको रुपमा लिने गरीन्छ ।

एकादशीमा व्रत बस्ने परम्परा छ । वैशाख मासको शुक्ल पक्षको एकादशी त झनै पवित्र मानिन्छ । यो मोहिनी एकादशी हो। यो दिन भगवान विष्णुको विशेष पूजा, व्रत–उपवास गरिन्छ । उज्जैनका ज्योतिषाचार्य पं. मनीष शर्माका अनुसार प्राचीन समयमा देवता र दानवले मिलेर समुद्र मन्थन गरेका थिए ।

जब समुन्द्र मन्थनमा अमृत निस्कियो । उक्त अमृत पान गर्नका लागि देवता र दानवबीच घनघोर युद्ध भयो । त्यो देखेर भगवान विष्णुले यही तिथिमा मोहिनी रूपको अवतार लिएर युद्ध शान्त पारेका कारण यसलाई मोहिनी एकादशी भन्न थालियो । मोहिनी रूपले अमृत लिएर देवताजति सबैलाई बडो कुटिलपूर्ण सेवन गराउनुभएको थियो ।

जान्नुहोस् यो तिथिमा के गर्नुहुन्छ के गर्नुहुन्दैन ।
के–के गर्दा अचुक फाईदा

पं. शर्माका अनुसार यो दिन पूजन पाठले सबै झन्जट, दुख कष्ट हटेर जानेछन् । सबै प्रकारका मोहपनि हटेर जानेछन् । यसैले मनमा शान्ति छाउनेछ । यो दिन व्रत जरुर बस्नुहोस् ।

ब्रत बस्ने व्यक्ति बिहानै उड्नुपर्नेछ । स्नान पछि सूर्यलाई जल चढाउनुहोस् । भगवान विष्णुका अगाडी पुगेर व्रत बस्ने संकल्प गर्नुहोस् । दिनभर निराहार व्रत बस्नुहोस् । संभव छैन भने फलाहार खाएर व्रत बस्नुहोस् । साँझ भगवान विष्णु र देवी लक्ष्मीको विधि–विधानले पूजा गर्नुहोस् ।

एकादशीको दिन बिहानै तुलसीको बृक्ष रहेको मोडमा जल चढाउनुहोस् । साँझ तुलसीको नजिक शुद्ध घिउको दीप जलाउनुहोस् । तुलसी परिक्रमा गर्नुहोस् ।

एकादशीमा भगवान विष्णुलाई खीर, पहेलो फल या पहेलो रंगको मिठाईको भोग लगाउनुहोस् । यस दिन दक्षिणावर्ती शंखमा गंगाजल भरेर त्यसले भगवान विष्णुलाई अभिषेक गर्नु अति शुभ मानिन्छ । तपाई चाहानुहुन्छ भने दूध र केसर मिलाएर भगवान विष्णुको अभिषेक गर्नुपर्नेछ ।

कुनै मन्दिरमा गएर अन्न (गहूँ, चामल आदि) को दान गर्नुहोस् । भगवान विष्णुलाई पीतांबरधारी पनि भनेर सम्झिने गरिन्छ । यसैले एकादशीमा उहाँलाई पहेलो वस्त्र अर्पित गर्दा फल मिल्नेछ । भगवान विष्णुलाई तुलसीको माला चढाउनु अति उपयुक्त हुनेछ ।

एकादशीमा के गर्नुहुन्न
एकादशीमा क्रोध, रिस त्याग्नुपर्नेछ । घरमा कुनै प्रकारको वाद–विवाद या क्लेश राख्नबाट बच्नुपर्नेछ । व्रत बस्ने व्यक्तिले ईमानदारी पूर्वक काम गर्नुपर्नेछ । बिहान अबेरसम्म सुत्नुहुन्न । कुनै प्रकारको नशा सेवन गर्नुभएन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार