‘अरुको शरीरको अंगमाथि कमेन्ट गर्न बन्द गर्नुहोस्’ : नायिका इशा गुप्ता

मुम्बई।

बलिउडका कलाकार इन्टरनेटमा ट्रोलको शिकार बन्नु नयाँ कुरा नै भएन । किनकी, उनीहरुको सानो सानो कुरामा पनि ट्विटर प्रयोगकर्ताहरु ट्रोल बनाउँछन् र रमाउँछन् । यो सूचीमा नायिका इशा गुप्ता पनि पर्छिन् । जो बारम्बार ट्रोलको शिकार बन्ने गरेकी छिन् । इशाको तस्बिरमा ट्रोलरहरु निकै नै खराब प्रतिक्रिया पनि दिन्छन् ।

तर, यसपटक भने इशा आफ्नो तस्बिरमा खराब प्रतिक्रिया दिनेमाथि भड्किएकी छिन् ।

उनले लेखेकी छिन्–‘कतिपय अवस्थामा प्रतिक्रिया देखेर मलाई निकै नै रिस उड्छ । म सोच्छु कि मानिसको दिमागमा के के कुरा चल्छ । जो मानिससँग केही पनि गर्ने काम छैन । उनीहरु, अरुको वालमा गएर भद्दा प्रतिक्रिया दिन्छन् । तर, उनीहरुलाई के थाहा कि, त्यस्तो प्रतिक्रियाले अरुलाई के असर गर्छ ।’

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार