अस्ट्रेलियाका युवकलाई सपनामा देखेको नम्बरले जितायो १० लाख अमेरिकी डलर

एजेन्सी ।

भनिन्छ सपना सपनामै वितिजान्छ । यसको केही अर्थ हुँदैन । तर अस्ट्रेलियाका युवकको जीवनमा भने सपनाले ठुलो भूमिका खेल्यो । उनले १३ वर्षअघि सपनामा देखेको नम्बरको सहायताले लिएको चिठ्ठाले १० लाख अमेरिकी डलर अर्थात भण्डै (१२ करोड नेपाली रुपैयाँ) जितेका छन् ।

केही समाचार संस्थाका अनुसार उनले विगततका समयमा पनि भाग्य चिठ्ठा खेलमा सामेल हुँदा सपनामै देखेको नम्बर अनुसार चिठ्ठन लिँदा ठुलो मुल्यको सामन पर्ने गरेको उनले बताउदै आएका थिए । उनले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्ने गरेको पनि उनले बताएका छन् ।

उनले यसपटक पनि अत्यान्तै ठुलो रकम सपनामा देखेकै आधारमा लिएको टिकट नम्बरले पाएका हुन् । उनले खुसी हुँदै सार्वजनीक रुपमै भने- ‘मैले मेरो टिकट अनलाइनमार्फत जाँचेपछि आफूलाई चिठ्ठा परेको खबर थाहा पाएका हुँ, मैले निरन्तर आफ्ना भाग्यको प्रयास जारी राखेथेँ , मलाई एक दिन ती संख्यामा चिठ्ठा पर्नेमा पूर्ण विश्वास थियो ।’ तर उनले आफ्नो नाम भने खुलाउन चाहेनन् । यद्यपी उनले देख्ने गरेको सो नम्बरको चिठ्ठा आगामी दिनमा पनि किन्ने अठोट गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार