काठमाडौं ।
समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ककेही मिडियाकर्मीहरु असनको साँढेजस्तो भएको बताउनु भएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्दै अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ ! एक विराउने शाखा पिराउने भन्ने लोकोक्ति छ१मिडियानेतृत्वको ध्यान पुगोस् ! भन्ने अभिव्यक्ति दिनुभएको छ ।
समाजवादी पार्टी नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले एक अन्तवार्तामा अन्तवार्ता लिने मान्छेको शिष्टता नभएको भन्दैै अन्तवार्ताको बिचमा उठेर हिडेपछि सामाजिक सञ्जाल तातिएपछि डा. भट्टराईले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
केही मिडियाकर्मीको यस्तो अहंकारी,उदण्ड,अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है!यो अति निन्दनीय र गम्भीर छ!एक विराउने शाखा पिराउने भन्ने लोकोक्ति छ!मिडियानेतृत्वको ध्यान पुगोस्! https://t.co/Rk9xcfuEO9
— Baburam Bhattarai (@brb1954) 13 May 2019