महिलाले कपालमा कलर गर्दा यस्ता घातक रोगको खतरा बढ्ने

एजेन्सी ।

अमेरिकामा भएको एक अनुसन्धानले कपालको कलर गर्ने खासगरी महिलाहरुमा घातक रोगको खतरा बढ्ने देखाएको छ ।

त्यस्तो कलरमा रहेको खतरनाक रसायनले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । पार्लर र सैलुनमा कपालको स्टाइलका लागि प्रयोग उत्पादनले महिलाहरुमा स्तन क्यान्सर लगायतका थुप्रै स्वास्थ्य सम्बन्धि समस्याहरु देखा पर्नै गर्दछ ।

न्यू जर्सीस्थित रटगर्स स्कुल अफ पब्लिक हेल्थ एण्ड रटगर्स क्यान्सर इन्सिच्युटमा गरिएको एक अनुसन्धानले महिलाहरुमा यस्तो समस्या देखा पर्ने खुलासा गरेको हो । यो अनुसन्धान खासगरी काला समुदायका महिलाहरुमा गरिएको थियो तर यसको नतिजा सबै महिलाहरुमा समाान रुपमा लागु हुने बताएका छन् ।

रटगर्स यूनिभर्सिटिका अनुसन्धानकर्ताहरुले भने, अत्याधिक घुमाउरो कपाललाई सीधा गर्नका लागि प्रयोग हुने क्रिम वा लोशनमा रहेको रसायन धेरै हदसम्म हानीकारक रहेको हुन्छ । यसको प्रयोग गर्ने महिलाहरुमा स्तन क्यान्सर हुने खतरा ७४ प्रतिशत बढी हुने गर्दछ । त्यसैले कपालमा कपर बदल्न चाहने महिलाहरुका लागि अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन् ।

यसभन्दा अघि भएको अनुसुन्धानमा हेयर ट्टिमेन्ट र स्तन क्यान्सरका बीचको सम्बन्धका बारेमा पनि जानकारी दिइएको थियो । विशेषज्ञहरु यी नतिजाका आधारमा शरिरका अन्य अंगहरुमा पनि यसको प्रभावबारे अध्ययन गरिरहेका छन् । अनुसन्धानकर्ताहरुले चार हजारभन्दा बढी अमेरिकी महिलाहरुको हेयर स्टाइलिङको बारेमा अध्ययन गर्दा धेरै गाढा कलरको प्रयोग गर्ने महिलाहरुमा स्तन क्यान्सर हुने खतरा ५१ प्रतिशत धेरै हुने गर्दछ ।

प्रमुख अनुसन्धानकर्ता अदाना लैनास भन्छिन्, महिलाहरुमा जहाँ यस्ता रसाइनको प्रयोगबाट त्यस्ता बिमारीको खतरा काला समुदायका महिलाहरुमा ११ प्रतिशत बढी हुन्छ भने सेता महिलाहरुमा १३ प्रतिशत रहन्छ । यसका साथै कपालमा गरिने कलरले छालाको समस्या, पेट तथा टाउकामा समेत असर गर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार