काठमाडौं
-नेपालको इतिहासमा ‘को बन्छ करोडपति’बाट पहिलो करोडपति बन्ने सौभाग्य विराटनगरका राजिव जैनले पाएका छन् ।
फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’को जारी सिजन वानको ४१ औं श्रृखंलामा राजिव जैन करोडपति बनेका हुन् । ४१ औं श्रृंखलामा उनले १३ वटा प्रश्नको जवाफ मिलाउँदै २५ लाख जितेका थिए । हुटर बजेर उनी ४२ औं श्रृंखलामा पुगे ।
४२औं श्रृंखलामा उनले बाँकी दुई १४औं र १५औं प्रश्नको पनि जवाफ मिलाएर पहिलो सिजनमा करोड रुपैयाँ जित्ने पहिलो सहभागी उनि बने।
उनले सन् २००१ मा इन्डियाको ‘कौन बनेगा करोडपति’मा पनि खेल्ने प्रयास गरेका थिए । टप हन्ड्रेडमा छनोट भए पनि टप टेनमा परेनन् । परिणामः हट सिटमा बस्न पाएनन् । तर त्यो रहर उनले १८ वर्ष पछि पूरा गरे र करोड जितेर इतिहास पनि रचे ।
को बन्छ करोडपति नेपालमा यहि वर्षबाट सुरु भएको छ ।