फेवातालमा डरलाग्दो छाल, ५ दर्जन डुंगा डुबे

पोखरा।

सुन्दर पर्यटन नगरी पोखरामा आइतबार साँझ भीषण हावाहुरी आएको छ । हावाहुरीका कारण फेवातालमा अप्रत्याशित रुपमा छाल आएको छ । प्रत्यक्षदर्शीका अनुसार समुन्द्रको झल्को दिने गरी छाल आएको थियो ।

छालले फेवातालमा पार्किङ गरेर राखिएका करीब ५ दर्जनको हाराहारीमा डुंगाहरु डुबेको बताइएको छ । यद्यपी कुनै मानवीय क्षति भने भएको छैन ।

यसैबीच हावाहुरीका कारण तालबाराही दर्शन गर्न पुगेका पर्यटक एक घण्टासम्म मन्दिरमै रोकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुलाई हावाहुरी कम भएपछि सशस्त्र प्रहरी र डुंगा चालकले उद्दार गरेका थिए ।

स्थानीयले यसरी फेवातालमा छाल आएको पहिलो पटक अनुभूति गरेको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार