NRNA पोर्चुगलको सदस्य कस्तो होस् ?

  सुरेश जोशी  480 ??? ???????

लिस्बन

हरेक दिन देशमा आफ्नै जिन्दगीले देखेका सपना टुटेकाहरु हुन् परदेशको लागि जहाज कुर्नेहरु ,तिनै टुटेका सपना जोड्ने प्रयास भनेको प्रवासको दैनिकी हो व्यस्तता हो। घर देशमा सोचेको जस्तो कल्पेको जस्तै नेपालीत्व परदेशमा भेटिन्छ भन्नु मिठा स्वैरकल्पना बाहेक अरु केहि नहुँदा आफुलाई समग्र नेपालीको साझा सस्था भन्दै दावी गर्ने NRNA भनाउदो गनाउने भए पछि के गर्ने ?

आजको युगमा सत्य, न्याय , पारदर्शिताका लागि लेख्नु बोल्नु समेत नपाइने हिटलर नेतृत्वले NRNA पोर्चुगलको नेतृत्व गरेको देखने सौभाग्यशाली व्यक्ति तपाइँ हामी।

NRNA पोर्चुगलको २०१५ -१७ कार्यसमितीमा नेतृत्वमा रहेका तमाम कतिपय साथीहरु कालो अनुहार गर्दै मुन्टो बटार्छन् । नबटारुन पनि कसरी ? आफ्नै काला विगतले थिचिरहदो हो , हामीले मुन्टो बटार्न हैन ,NRNA पोर्चुगलको समग्र संरचना र कार्यशैली , जिम्मेवारीता र जवाफदेहिता बटार्न सुझाएका थियौ। हामीले सस्थाका कार्यशैली, जिम्मेवारी र जवाफदेहिता यत्ति हो भनेर सोध्नाले पुर्ब छापामार शैलीमा चेतनाको छापाखानामा ताल्चा लगाउदै पाखुरेहरुलाई कुखेरे पार्कतिर भेटेर भेला पारी अभिब्यक्ती स्वतन्त्रतामै ताल्चा लाउन तम्सिए।

NRNA पोर्चुगलको ईतिहासमै पहिलो पटक नेतृत्व निर्बाचनबाट निर्बाचित होस् भन्ने चाहना राखी अभ्यास गरियो , थुप्रै साथीभाईहरुको सहयोग र हौशलाले यसपाली पनि नेतृत्व निवार्चित होस् , टिके मण्डले , नहोस भन्ने चाहना राख्दै छौ।

NRNA २०१७-१९ पोर्चुगलबाट धेरै आशातित भएका पक्कै थिए म व्यक्तिगत रुपमा , कमसेकम प्रश्न सुन्न सक्ने र सम्बोधन गर्न सक्ने नेतृत्व पाएकै हौ। प्रश्न सोधिस् भने ” भालेपार्क मा आइजा, देखाउछु नागिन डान्स ” भन्ने अघिल्लो NRNA का साथीहरुको हर्कत दोहोरिएन।

कमजोरीलाई खुलेर आत्मसाथ गर्न सक्नु सबल र सक्षम नेतृत्वको खुबी हो , कम्तीमा आलोचनात्मक चेतलाई आत्मसाथ गर्नै पर्छ नेतृत्वलेले। आलोचनाबाट सतर्क रहनु पर्छ ,तारीफ बाट त् झन् धेरै सतर्क रहनुपर्छ !

अबको पालो ईमानको कमाइखानेहरुको हो , एनआरएनको नेता हुने। नेता हुने व्यक्तिको जिन्दगीका अनेकन पक्ष सफा, स्वच्छ, अनुकरणीय हुनै पर्छ। त्यसैले अब यसपाली खुलेरै भनिन्छ … !

” ईमानको कमाईले जिन्दगी बाँचेकाहरु आओ NRNA पोर्चुगलको नेतृत्वमा, अनि हेरम्ला दिउसै टर्च बालेर तिमीहरुका अनुहार”

काला कोट पछाडीका काला कर्तुत छोप्न कालै कोट लाएर NRNA को बिल्ला भिरेर खोटरहित जिन्दगानी देखाउने दिन गए अब। समाजको सेवा गर्नेहरुले पहिलो कुरो ईमानको कमाई, अर्थात सेतो धनले, सेता निश्चल मनले गरुन्। कालो कमाइले कालै कोट लाएर काला मन भएकाहरुले आफैलाई स्वघोषित समाजसेवी भन्दै NRNA पोर्चुगल लाई भर्याङ्ग बनाएर आफ्नो कालो कमाईलाई निरन्तरता दिन अब बन्द गरुन !

आफैले गरेका अन्यायिक कर्महरुतिर नजर लाउनु , मैले के लेखिरहेको छु भनेर नजर लाउन त् झन् छोड्नै भएन !

हामीले कस्तो NRNA बन्ने भन्ने कुरोमाथि बहस गर्नु आवश्यक छ , सस्था कस्तो बनाउने भन्ने कुरा छोडौ एकछिनलाई। बरु आओ, बहसको शुरुवात गरौँ ..कस्तो मान्छे NRNA को सदस्य हुने ? मान्छे गतिलो भए पो सस्था गतिलो हुने हो, त्यहि भएर आउनुहोस गतिलो मान्छेका न्युनतम मापदण्ड तपाइँ हामी पोर्चुगलबासी तोकौ। NRNA सस्था भन्दा पनि नेतृत्व गर्ने सदस्य कस्तो हुने भन्ने बहसको सुरुवात गरौ। सस्था सबल सदस्यले नेतृत्वमा पुगेपछि आफै सबल र सक्षम हुनेछ।

आउनुहोस अबको बहस, NRNA पोर्चुगलमा कस्तो सदस्यले नेतृत्व सम्हालोस् भन्ने लाग्दछबाट सुरुवात गरौ !

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार