जानकी नवमीमा राष्ट्रपति जनकपुरधाम जाने, प्रदेश–२ मा सार्वजनिक विदा !

जनकपुरधाम ।


जानकी नवमीको अवसर पारेर भोलि (सोमबार) सार्वजनिक बिदा दिने घोषणा गरिएको छ । प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर सोमबार प्रदेशभित्र सार्वजनिक बिदा दिएको हो ।

१५ दिन सम्म मनाइने यस जानकी नवमीमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरूले सहभागिता जनाउने छन् । बैशाख शुक्ल नवमीका दिन हुने सो जन्मोत्सवको अवसरमा विशेष पूजाअर्चन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

विहान ९ बजे हेलिकप्टरवाट जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जानकी मन्दिरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्ने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिएका छन् । बैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ ।

यसैबीच जानकी नवमीको अवसरमा शुभकामना दिँदै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नम्बर २ को गरिमालाई समेत विश्वस्तरमा स्थापित गर्ने भएको हुँदा यसपर्वको गरिमाको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमा लगायत पर्व र उत्सवमा पनि यहाँ विशेष पूजा–अजा हुने गर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार