दण्ड र सजाए बढाएर पत्रकारितालाई ‘पत्रकारितालाई जिम्मेवार बनाउन सकिदैन !

काठमाडौँ।

सरकारले मिडिया काउन्सिल विद्येयक ल्याएको छ । पत्रकारहरुलाई तह लगाउने उदेश्यको देखिने यो विद्येयकको विरोधमा अलमोष्ट देशै भरिका पत्रकार उभिएका छन् । यो विद्येयक जस्ताको त्यस्तै पास भए पत्रकारको जोश, जाँगर, बढ्दैन घट्छ । समाचार लेख्नु अघि १० लाख जरिवानाको कानून सम्झिन परेपछि यस्तो जोखिम मोल्न ठूलै आँट चाहिन्छ जसका कारण पत्रकारिता क्षेत्रमा अघि बढ्ने प्रेरणा लिने ठाँउ एकदमै न्युन हुन सक्छ । हो, यो कुरा चाँही सत्य हो कि केही पत्रकारहरु, मिडिया हाउसहरु आँफूलाई सुपर पावरफुल ठान्दछन्, विना तथ्य, विना प्रमाण बार्गेनिङ गर्ने कै लागि समाचार बनाउँछन् ।

पत्रकारिता गर्ने कार्ड तिनका लागि एटिएम कार्ड भएको छ । जसको मन लाग्यो उसको चरित्र हत्या गर्ने, विज्ञापन नदिने वा पार्टनरशीप नदिने व्यापरीको निद हराम गरिदिने जस्ता क्रियाकलाप गर्दछन् । यस्ता दलाली गर्नेहरु पनि आँफूलाई पत्रकारिता जस्तो पवित्र मन्दिरको भतm वा पूजारी ठान्छन् ।

मिडिया काउन्सिलले त्यस्ता पत्रकारिताको खोलमा बसेका अधर्मीहरुको निष्पक्ष पहिचान गर्नु पर्छ । जसका लागि स्वतन्त्र, न्यायिक क्षेत्रका क्षमतावान व्यक्तिहरुको टिम चाहिन्छ । अहिले प्रस्तावित मिडिया काउन्सिलको अध्यक्ष हुने व्यक्ति भनेको जुन दलको सरकार हो त्यही दलको नियुक्त गर्ने एस म्यान वा रवर स्ट्याप्प हो ।

यस्ता व्यक्तिले मन्त्रीको चाकडी जान्दछन्, आचार संहिता उल्लंघन भएको जान्दैनन् । दण्ड सजायको अधिकार यस्ता व्यक्तिलाई दिइयो भने आफ्नो दल, नेताका विरुद्ध बोल्ने लेख्नेलाई हदैसम्मको कारवाही गरिदिन सक्छ ।

पत्रकारितालाई जिम्मेवार बनाउनै पर्छ तर त्यसका लागि दण्ड सजाए बढाएर हुँदैन र कुनै मन्त्रीले नियुक्त गर्ने चाकर चुनेर पनि हुँदैन । अर्ध न्यायिक निकाय हो भने न्याय कानुन क्षेत्रको व्यक्ति चाहिन्छ । ईतिहासदेखि आजसम्म यो मुलुकलाई प्रतिपक्षले भन्दा बढी प्रेस जगतले जोगाएका छन् । हरेक ठूला काण्डहरु यो देशमा पत्रकारहरुले जोखिम मोलेर बाहिरिहएका छन् ।

सरकारले गर्न नसकेको, प्रतिपक्षले गर्न नसकेको काम गरेर देखाउने पत्रकारहरुलाई प्र्रोत्साहित गर्नुको साटो दण्ड जरिवाना, त्यो पनि लाखमा होइन करोडमा ? प्रस्तावित मिडिया काउन्सिलका अध्यक्ष र सदस्यलाई कार्यकाल नसकिए पनि हटाउन सकिने प्रावधान कार्यकर्ता भर्ति केन्द्रको विस्तारित स्वरुप हो । प्रेस स्वतन्त्रता माथि धावा बोलेर कर्याकर्तालाई जागिर खुवाउने आइडिया सरकारका लागि निकै महंगो हुन सक्छ ।

नेपालको संविधानले नै प्रेसलाई स्वतन्त्र भनेको छ । संविधानको सीमालाई नजानिदो गरी नाघेर न्यायालयलाई नै चुनौती दिन खोजेको बिषय राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय बिषय पनि हो ।
एकाध आलोचना पचाउन नसकेर पत्रकारको मुख टाल्न खोज्नु कुनै समाधान होइन । तै पनि नाङलो ठटाएर हात्ती तर्साउन खोजिएको हो भने सरकार राणाहरुले पनि सदैव पत्रकारको कलम मै आँखा लगाएर र प्रतिपक्ष राणा सासन अब कसैले कलमले लेखेको इतिहासमा मात्र सीमित छ । संविधान भन्दा पनि माथि बसेका राजाहरुविरुद्ध चुइक्क बोल्न पाइदैनथ्यो ।

आज संविधानले तिनलाई पनि संविधान माथिबाट तानेर भित्र कुनै पत्रामा कोचिदियो । काण्डै काण्डामा टेकेर राजनीति गरेका अधिकांश राजनीतिज्ञहरु र विचौलिया नै विचौलियाबाट घेरिएर बसेका राजनीतिज्ञहरुको पोल खोल्लान् भनेर लगाउन खोजिएको अंकुश अनि लाखौँ जरिवाना र बर्षो जेलेको हाउगुजीले यो देशका पत्रकार डराउँदैनन् ।

अख्तियार भित्र बसेर बार्गेनिङ गर्नेको भिडियो सार्वजनिक गर्ने आँट यो देशमा पत्रकारको मात्रै छ । ल अरु कसैको आँट भए अख्तियारका केही पुर्व प्रमुखहरुको सम्पत्ति पत्ता लगाएर देखाओस यो सरकराले, च्यालञ्ज । कयौ मालपोतका हाकिमहरुको अरर्बौको सम्पत्ति खोजेर देखाओस् कुनै मन्त्रीले, च्यालेन्ज ।

कयौ पूर्व मन्त्रीका सन्तानका ठेक्का पट्टा, अकुत सम्पत्तिको एउटा छेउ पत्ता लगाओस् यो सरकारको कुनै निकायले, च्यालेन्ज । यो सब काम स्वतन्त्र प्रेसका गौरवशाली केही पत्रकारले मात्र गर्न सक्छन् । अनेकौ समस्यासँग दिनानुदिन लड्दै पनि वेथिति विरुद्ध डेग नचली कलम चलाउने, आवाज उठाउने पत्रकारलाई लाखौ जरिवाना र जेलको डर नदेखाए हुन्छ ।

सौभाग्यवश यो देशका संचारमन्त्री पुर्व पत्रकार नै हुनुहुन्छ । वेथिति विरुद्ध हिजो तपाई पत्रकार हुँदा कलम चलाउन नपाउनु भएको भए, तपाईलाई पनि लाखौ जरिवाना र बर्षौ जेल को त्रासले सताएको भए आज झण्डा र गाला हल्लाएर हप्की र दप्की लगाउँदै यो राष्ट्रको मन्त्री जस्तो गरिमामय पदमा पुग्न सक्नु हुन्थ्यो । त्यत्रो रिस्क लिएर पत्रकारिता गर्नु भन्दा काभ्रे तिरै सिजन सिजनका खेतीमा ह–ह माले, ह–ह तारेहरु गर्नु नै सजिलो ठान्नु हन्थ्यो । तपाई जस्तो इमान्दार भूतपुर्व पत्रकारका लागि लाखौ जरिवाना अकल्पनिय नै थियो होला ।

आफ्नै हाँगाबाट बनेको बन्चरोका बिँडमा समातेर कसैले त्यही रुख काट्यो भने रुखलाई कति चोट लाग्ला । गलत समाचार प्रकाशन प्रशारण नहोस भनेर एउटा संचारकर्मी सदैव सचेत रहन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार