विद्यार्थीका लागि आएको छात्रवृत्ती रकम शिक्षक र सञ्चालक समितिले नै खाइदिए !

रौतहट ।

रौतहट फतुवा विजयपुर नगरपालिकाको वडा नम्वर ३ र ४ मा रहेको केही सरकारी विद्यालयहरुमा विद्यार्थीका नाममा आएको छात्रवृत्ती व्यवस्थापक समिति र शिक्षकहरुको मिलेमतोमा हिना–मिना गरेको पाइएको छ ।

वडा नम्वर ३ मा रहेको श्री आधारभुत विद्यालय र श्री यमुना कौशल्या स्मृति आधारभुत विद्यालयमा विद्यार्थीका लागि आएको छात्रवृत्ती विद्यार्थीले पाएका छैनन् । यी दुवै विद्यालयमा विद्यार्थीहरुको छात्रवृत्तीका लागि ४९–४९ हाजर रुपया आएको देखिन्छ । पहिले यमुना कौशल्या स्मृति आधारभुत विद्यालय ।

यस विद्यालयमा गरिव ज्याहान र दलित विद्यार्थीहरुका लागि ४ सयका दरले आएको छात्रवृत्ती स्कुल सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम मिश्रले झ्वाम पारेका स्कुलकी प्रधानअध्यापक रीता पाण्डे बताउछिन् । छात्रवृत्तिका लागि आएको रकम बारे आफूलाई केही जानकारी नभएको र उक्त रकम सञ्चालक समितिका अध्यक्ष मिश्रसंग रहेको बताउछिन् ।

हामीले स्कुलका विद्यार्थीहरुलाई सोध्दा कसैलाई पनि छात्रवृत्ती बारे जानकारी छैन् । आफूहरुलो कहिले पनि छत्रवृत्ती नपाएको उनीहरु बताउछन् । कतिसम्म भने गाउँ समाजमा आफूलाई ठूलो देखाउदै स्कुल सञ्चाल समितिका अध्यक्ष मिश्रले स्कुलको बोर्ड समेत आफ्नो घरमा लगेर राखेका छन् ।

विद्यार्थीहरु आफ्ने घरबाट लगेको बोरीमा बसेर पढ्न बाध्यछन् । शिक्षकहरु हाजिर गरेपनि राम्ररी नपढाएको विद्यार्थीहरु बताउछन् । यस्तै छात्रवृत्तीको रकम हिना–मिना गर्न श्री आधारभुत विद्यालयका शिक्षकहरु त यमुना कौशल्या आधारभुत विद्यालय भन्दा एक स्टेप अगाडि छन् । यस विद्यालयका हेडमास्टर ब्रम्मदेव पटेलले विद्यार्थीहरुलाई छात्रवृत्ती बुझेको भनि ल्याप्चे लगाउन तर पैसा भने आफ्नै गोजिमा हाल्ने गरेका रहेछन् । आजसम्म विद्यार्थीहरुले छात्रवृत्रीको रकम पाएका छैनन् ।

यी दुई वटा स्कुल उदाहरण मात्र हुन् । देशका अधिकांश सरकारी स्कुलहरुमा छात्रवृत्ती विद्यार्थीहरुले पाउदैनन् । पढाईको गुणस्तरको त के कुरा गर्नु ?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार