ओली सरकारबाट देश र जनतालाई पूर्वराजा र विप्लप समूहभन्दा बढी डर : गगन थापा

दाङ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले अहिले पार्टीले जागरण अभियान थालेको भन्दै जागरण तल्लो तहमात्रै नभई माथिल्लो तहसम्म आवश्यक रहेको बताएका छन्।

शनिबार दाङ दंगीशरण गाउँपालिका-६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आयोजना गरेको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अहिले तल्लोस्तरको पार्टीलाई जागरण दिन अभियान सञ्चालन गरिरहेको भन्दै यो अभियान केन्द्रीयस्तरका नेताहरूका लागि पनि हुन आवश्यक रहेको बताएका हुन्।

‘अहिले जिल्ला तहमा जागरण अभियान चलिरहेको छ। तर त्यो जागरण अभियान माथिसम्म पुग्नुपर्छ’, उनले भने, ‘माथिल्लो तहका नेतामा पनि जागरण आएन भने पार्टी सुधार हुन सक्दैन।’ पार्टीभित्रको बिमेललाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने उनको भनाइ छ।

कांग्रेसमा व्याप्त गुट-उपगुटले गर्दा पछाडि परेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेकोसमेत नेता थापाको भनाइ थियो। उनले पार्टीमा केन्द्रीयस्तरका नेताभन्दा तल्लो तहका कार्यकर्ताको समर्थनले नै कांग्रेस जोगिएकोसमेत बताए।

फरक प्रसंगमा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीले संघीयतालाई समाप्त पार्ने डर बढिरहेको बताए। ‘गणतन्त्र समाप्त गर्न नत पूर्वराजाले गर्न सक्छन् नत विप्लप नेतृत्वले गर्न सक्छ। डर त केवल दुई तिहाई बहमुत सरकारको छ। त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको रवौयाको कारण डर पैदा हुन थालेको छ’, उनले भने।

स्वतन्त्र हैसियत रहेका संवैधानिक अंगलाई अंकुश लगाउन दुई तिहाई बहुमत सरकार तत्पर रहेको कांग्रेस नेता थापाले बताए। ‘अहिलेको सरकारले मानव अधिकार आयोगमाथि हस्तक्षेप, निर्वाचन आयोग, लोकसेवा आयोग, नागरिक स्वतन्त्रमाथि हस्तक्षेत्र र पछिल्लो पटक प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारले तयारी गरेको छ’ उनले भने। साथै उनले राष्टरपति विद्यादेवी भण्डारीमा पनि सवारी मोह बढिरहेको समेत बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार