नेपाली नारी समाज पोर्तुगलद्वारा हाउस किपिङ्ग तालिम सम्पन्न

लिस्बन, पोर्तुगल।

नेपाली नारी समाज पोर्तुगलले संचालन गरेको हाउस किपिङ्ग तालीम सम्पन्न भएको छ।मे १मजदुर दिवसको अवसरमा शुरु गरिएको १० दिने सो तालीम आज एक कार्यक्रम गरी लिस्बनमा समापन गरिएको छ।

समाजले “सीप सिकौ आत्मनिर्भर बनौ “भन्ने नाराका साथ पोर्तुगलको नेपाली समुदायमा बसोबास गर्ने बेरोजगार तथा भर्खरै नेपाल बाट आएका नयाँ महिलाहरुलाई लक्षित गरी तालिम दिएको थियो । कार्यक्रममा समाजले पोर्तुगल भ्रमणमा भएकी साहित्यकार तथा समालोचक लिला लुइँटेल लाई स्वागत सम्मान गरेको थियो।

नारी समाजद्वारा संचालित सो हाउस किपिङ्ग तालिममा १८ जना नेपाली महिलाहरुले प्रशिक्षण लिएका थिए । तालिममा जयकला राई,सीता बराल,मिना खरेल,जानकी लामा,बिन्दु लामा,बिमला आचार्य,सीता श्रेष्ठ लगाएतले समय समायोजन गर्दै प्रशिक्षण दिएका थिए।

नेपाली नारी समाजले निकट भबिष्यमा केही नयाँ सीप सिकाउने र अन्य नयाँ प्रोजेक्ट लिएर आउने कुरा कार्यक्रममा बोल्दै समाजकी अधक्ष्य जय कला राईले जानकारी गराएकी थिइन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार