‘नेपाल्स स्टार मोडल–२०१९’को आवेदन खुला

काठमाडौं ।

‘नेपाल्स स्टार मोडल’को चौथो सिजन सुरु भएको छ । देशभरका १६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित महिला तथा पुरुषले प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजक सिद्दी मिडियाले विज्ञप्ती जारी गर्दै जनाएको छ ।

प्रतियोगितामा विद्यार्थी, गृहणी, कामकाजी, शिक्षिक कर्मचारी ब्यबसायी लगायत सबैले भाग लिन पाउने आयोजकको भनाइ छ ।

प्रतियोगिताको पहिलो अडिसन यही वैशाख २८ गते काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धाका लागि एक महिनासम्म विशेष प्रशिक्षणमा सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा सहभागिताका लागि सिद्दी मिडियाको कार्यलय तथा फेसबुक पेजबाट पनि आवेदन दिन सकिनेछ । प्रतियोगिताका शीर्ष विजेताले ३० हजार नगदसहित विभिन्न उपहार र फस्टअप रनर र सेकेन्ड अप रनरले क्रमशः २० र १० हजार नगद सहित विभिन्न उपहार जित्न सक्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार