पोर्तुगलमा दुई नेपाली कृषि कामदारमाथि दुर्व्यवहार गर्ने ४ सैनिक निलम्बित, थप एक पक्राउ

गणेश पाण्डेय , पोर्तुगल।

पोर्तुगलको विला नोवा डे मिलफन्ट्स क्षेत्रमा कृषिमा काम गर्ने २ जना नेपालीहरुलाई दुर्व्यवहार गर्ने पक्राउ परेका ४ जना जीएनआर सैनिक निलम्बित भएका छन् भने थप एक सैनिक पक्राउ परेका छन्। नेपाली कृषि मजदुर र कृषि व्यवसायका मालिकको बिचमा विवाद हुदा मालिक संगको सम्बन्ध र भनसुनको आधारमा ति सैनिकहरुले नेपाली कामदारमाथि दुर्व्यवहार, ज्यादती र शक्ति प्रदर्शन गरेका थिए।

आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ। शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गएतापनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप सैनिकहरुलाई लागेको छ।

आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा नेपाली कृषि कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन र कुटपिट गरेका उनीहरुलाई अपरहण र ज्यान मुद्धा लागेको छ। बुधबार बिहान पक्राउ परेका ४ जना सैनिकहरुलाई कारवाहीको लागि बिहिबार अदालतमा उपस्थित गराईएको थियो भने अदालती बयान पछि थप एक सैनिक पक्राउ परेका छन्।

घटना अक्टोबर २०१८ हो। पिडित नेपालीहरुले सेनाको ज्यादतीको बारेमा पोर्तुगलको न्यायिक प्रहरीमा उजुरी दिएका थिए। पिडितहरुको उजुरी र प्रमाणका आधारमा यहाँको न्यायिक प्रहरीले घटनामा संलग्न सेनाका अधिकारीहरुलाई पक्राउ गरेको हो।

यो पनि पढ्नुहोस् !

पोर्तुगलमा दुई नेपाली कृषि कामदारमाथि शक्ति प्रदर्शन गर्दा अपहरण र आक्रमणको अभियोगमा चार जीएनआर सैनिकहरू पक्राउ

२५ बैशाख २०७६

– गणेश पाण्डेय , पोर्तुगल।

विलि नोआ डे मिलफन्टेसमा खेतीमा काम गर्ने दुई नेपाली आप्रवासीहरूलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्तुगल सरकारको न्यायिक प्रहरीले पक्राउ गरेको छ।

घटना सन् २०१८ अक्टोबरको हो। एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा त्यतिबेला सुरक्षामा खटिएका चार जीएनआर सैनिकहरूलाई अपहरण र आक्रमण तथा दुर्व्यवहारको अभियोगमा पोर्तुगलको न्यायिक प्रहरीले आज बिहान पक्राउ गरेको हो।

कृषिमा काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बिचमा भएको बिबादमा जिएनआर प्रहरीले बिना कसुर शक्ति प्रदर्शन गरेको आरोप छ। नेपाली कामदार र कृषि मालिकको बिचमा बिबाद हुदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गरेकोले कारवाहीको लागि जिएनआर सैनिकहरुलाई पक्राउ गरेको पोर्तुगलको न्यायिक प्रहरीले जनाएको छ।

आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ। शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गएतापनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप चारै सैनिकहरुलाई लागेको छ।

न्यायिक प्रहरीले पिडित नेपालीहरुको को-को थिए र खेती कम्पनीका मालिक को हुन् भन्ने बारेमा केही उल्लेख गरेको छैन । नेपाली खेती कम्पनीका मालिकहरुले आफ्नो भनसुन र व्यक्तिगत सम्बन्धका आधारमा जीएनआर सैनिकलाई प्रयोग गरी नेपाली कृषी कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गर्न लगाएको बिशेष श्रोतबाट जानकारी प्राप्त भएको छ।

जीएनआरको यो ज्यादतीको बारेमा पिडितहरुले पोर्तुगलको न्यायिक प्रहरीलाई उजुरी गरेपछि लामो समयको अनुसन्धान र प्रमाणको आधारमा आज बिहानै ४ जना जिएनआर सैनिकहरुलाई पक्राउ गरिएको हो।

पक्राउ गरिएका चारै जना जीएनआर सैनिकहरुलाई कारवाहीका लागि भोली ओदिमेरा अदालतमा उपस्थित गराईदैछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार