काठमाडौं ।
मानिसहरु सामाजिक सञ्जालमार्फत चर्चित बन्न निकै अनौठा भिडियोहरु पोष्ट गर्छन् । यसैक्रममा एक युवतीले जिउँदो अक्टोपस खाएको भिडियो बनाउँदा अक्टोपसको आक्रमणमा परेकी छिन् ।
सि–साइड गर्ल लिटल सेभेन नामबाट लाइभ स्ट्रिम गर्ने युवतीले सीफूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरेकी छिन् । तर यसपटक धेरैको ध्यान आकर्षित गर्न जिउँदो अक्टोपस खाँदा उनी अक्टोपसको सिकार भइन । प्लेटफर्म कुवाइसाउमा सेयर गरिएको भिडियोमा उनले जिउँदो अक्टोपसलाई खान प्रयास गरिरहेको देख्न सकिन्छ ।
तर, अक्टोपसले आफूलाई शिकार हुनबाट जोगाउन ती युवतीको अनुहारमा बेस्सरी टाँस्यो । अक्टोपसको टेन्टकल्स निकाल्ने क्रममा उनी बेस्सरी चिच्याइन् र अक्टोपसले पूर्ण रुपमा छोडेपछि उनको अनुहार निकै रातो भएको थियो ।