अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त बन्दै

एजेन्सी ।

अमेरिकासँगको बढ्दो तनावपछि ईरानले अन्तर्राष्ट्रिय परमाणु समझौताबाट आंशिक रूपमा आफूलाई अलग्याएको छ ।

सन् २०१५ मा अन्तरर्राष्ट्रिय परमाणु सम्झौता भएकोमा गत वर्ष अमेरिका सो सम्झौताबाट छुट्टिएको थियो । ईरानका राष्ट्रपति हसन रूहानीले अन्य शक्ति राष्ट्रहरु अहिले पनि समझौतामा प्रतिबद्ध रहेको बताएका छन् । पछिल्लो समयमा अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त बन्दै गएको छ ।

अमेरिकाले इरानको तेलका साथै अर्थ व्यवस्थामा पनि नयाँ प्रतिबन्ध लगाएको छ । जसका कारण इरानको अर्थव्यवस्था डगमगाएको छ । यसैबिच अकेरिकी विदेश मन्त्री माइक इरान पुगेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार