“महारानी” पक्राउ । गलत ग्रुपको रगत दिएपछि गंगालालमा बालिकाको मृत्यु । ट्राफिक घुस काण्ड !(भिडियो सहित)

काठमाडौं ।

सुन्दर रिजाल

दर्जनौं बेरोजगार युवाहरुलाई रोजगारी दिने नाममा ठगी गर्ने रानी डाइना बिजिनेश ग्रुपका अध्यक्ष सुन्दर रिजाल र संस्थापक अध्यक्ष महारानी राज्यलक्ष्मी राणालाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा संलग्न अन्य व्यक्तिहरुको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

महारानी राज्यलक्ष्मी राणा
गएको कार्यक्रममा सुन्दर रिजाल लाइभ कार्यक्रममा आएका थिए । हामीले महाराजगन्ज प्रहरीले तपाईलाई खोजिरहेको भन्दै प्रहरीकोमा जान भनेका थियौ । गएको कार्यक्रममा हामीले बालुवाटारमा कार्यालय रहेको रानी डाइना विजिनेश ग्रुपले रोजगारीका नाममा श्रम शोषण गर्दै दर्जनौ युवाहरुलाई ठगेको देखाएका थियौ ।

महारानी राज्य लक्ष्मी राणा संस्थापक अध्यक्ष रहेको यस कम्पनीले ४० जना भन्दा बढी युवाहरुलाई रोजगारी दिने नाममा ठगेको भन्दै पीडितहरु प्रहरीमा जाहेरी दिएर हाम्रो कार्यालय आएका थिए । कम्पनीले उनीहरुलाई ट्रेनिङपछि रोजगारी दिने भन्दै पर्सनाल्टी एण्ड लिडरसीप टे«ेनिङका लागि शुरुमा १४ देखि १६ हजार रुपैयासम्म लिएर एक सातासम्म ट्रेनिङ दिने अनि पार्टी प्यासेलमा भाडा माझ्नेसम्म गराएका देखायौं । पछि तलब माग्दा गोली ठोकिदिन्छु भनि धम्काउने गरेको पनि देखायौं ।


महारानी राज्यलक्ष्मी राणा
हामीले आरडी ग्रुपका बारेमा देखाएपछि अहिले भने अन्य व्यक्तिहरु पनि आफूहरुपनि उनीहरुबाटै ठगिएको भन्दै हाम्रो कार्यालय आइरहेका छन् । आरडी ग्रुपले सुुरु गरेको १ नम्बर ब्याजदेखि ५ नम्बर ब्याजसम्मकाले पैसा मात्रै बुझाएका छन् । काम गरेको पैसा कसैले पनि पाएका छैनन् ।

आफुहरुको पैसा नदिए रवि लामिछानेकोमा जान्छु भन्दा महारानीले को हो रवि लामिछाने ? को प्रहरीले मलाई समाउँछ भन्दै धम्काउने गरेको पीडितहरु बताउछन् । आफूले तिरेको पैसा र काम गरेको तलब पाउनु पर्ने र यसरी श्रम शोषण गर्नेलाई कारवाही हुनु पर्ने उनीहरुको माग छ । अरडी ग्रुपसँग जोडिएका अन्य व्यक्तिहरु पनि अहिले सम्पर्क विहीन भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार