गंगालालमा गलत समूहको रगत चढाइएकी बालिकाको मृत्यु !

काठमाडौं ।

बाँसबारी स्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रियाका क्रममा गलत समूहको रगत चढाउँदा सर्लाहीकी ५ बर्षीया आकृती साहको ज्यान गएको छ । अस्पतालका डा. रविन्द्रभक्त तिम्लाले बालिकालाई शल्यक्रियाको क्रममा गलत रगत दिएको स्विकार गरेका छन् ।

मुटुको भल्भमा समस्या देखिएपछि १३ गते अस्पतालमा भर्ना गरिएको साहको १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया गर्नु पूर्व अस्पतालले नै टेष्ट गरेका सबै रिपोर्टमा उनका रगत समूह ‘ओ’ पोजेटिभ रहेको छ ।

तर शल्यक्रिया गर्ने समयमा भने उनका आफन्तलाई ‘ए’ पोजेटिभको रगत माग गरियो । र ‘ए’ पोजेटिभ रगत नै बालिकालाई प्रयोग गरिएको रहेछ । उनीसँगै शल्यक्रिया भएका अन्य बिरामी वार्डमा फर्किसके तर उनका आफन्तलाई भने चिकित्सकले सुधार हुँदैछ भन्दै आश्वासनमै राखे ।

अस्पतालले आकृति जिवितै छ र उपचार भइरहेको छ भनिरहँदा सुरेन्द्र यादव उनको अवस्था बारे हामीलाई जानकारी गराइरहेका थिए । गलत रगत प्रयोग भएका कारण दुवै मृगौला फेल भएर उनको मृत्यु भइसक्दा पनि डाक्टरहरु उनी जिवितै रहेको भनिरहेको सुरेन्द्र यादव बताइरहेका थिए ।
आइसियुमा रहेकी आफ्नी छोरीको अवस्था देखेपछि रामप्रदेश साहलाई अस्पतालले लापरवाही गरेका कारण आफ्नो छोरी बाँच्ने अवस्था नरहेको सोचिसकेका थिए । तर चिकित्सकहरुले देखाएकै आशका भरमा घरपरीवारलाई निको हुँदैछ भन्दै सान्त्वना दिदै थिए ।

शल्यक्रिया भएको ५ दिनपछि सोमबार मात्रै अस्पताल प्रशासनले आकृतीलाई मृत घोषणा ग¥यो । बालिकाको शल्यक्रिया गर्न बिरामीसँग लिइएको सहमति पत्रमा डा.ज्योतिन्द्र शर्मा, डा.रविन्द्रभक्त तिम्ले र डा. नविनचन्द्र गौतमको टोलीले शल्यक्रिया गर्ने उल्लेख गरिएको छ । शल्यक्रियाको टोलीमा रहेको डा. रविन्द्रभक्त तिम्लाले नै बिरामीका आफन्तसँग बालिकाको रगत समूह ‘ओ’ पोजेटिभ भएको तर शल्यक्रिया गर्ने समयमा ब्लड बैंकबाट ‘ए’ पोजेटिभ समूहको रगत आएको र बालिकालाई त्यही रगत प्रयोग भएको स्विकार गरेका छन् ।

यस्तो छ सम्बादः
मृतकका हजुरबाबुः नातिनीलाई कस्तो छ हजुर ?
डा तिम्लाः मुटु पनि कजोर भैरहेका छ, पम्पिङ भैरहेको छैन, ज्वरो पनि छ, समस्या छ ।
मृतकका हजुरबाबुः पहिले त्यस्तो थिएन हजुर, हिजो भेट्दा आँखामा पट्टी लगाइएको थियो ।
डा तिम्लाः शल्यक्रियापछि मुुटुको चाल राम्रै थियो तर पछि विस्तारै कम हुँदै गयो ।
मृतकका बाबुः मृगौलाको पनि समस्या पहिला थिएन, अहिले देखियो भन्नु हुन्छ ?
डा तिम्लाः हो थिएन ।
मृतकका बाबुः रगत म्याच गरेनकी हजुर ? पहिले कुन रगत समूह थियो ?
डा तिम्लाः पहिले ‘ओ’ पोजेटिभ रहेछ, ब्लड बैंकले ‘ए’ पोजेटिभ भनेर रिपोर्ट दियो, त्यही अनुसार ब्लड पायो, त्यसले समस्या पा¥यो ।

गलत रगत प्रयोग भएको बिषयमा शल्यक्रियामा संलग्न चिकित्सकले नै स्विकार गरिसकेपछि अस्पतालको लापरवाही पुष्टी भएको छ । मृतकका आफन्तले अहिले अस्पतालले पूराना कागजपत्र परिर्वतन गर्न लागेको दाबी गरेका छन् ।

साथै मृतकका आफन्तको हातमा भएका कागजपत्र कसले दियो भन्दै उल्टो थर्काएको पाइएको छ । यस विषयमा अस्पताल प्रशासनले छानबिन गर्ने भनेपनि मृतकका आफन्तले भने दोषिलाई कारवाही नुहँदासम्म शव नउठाउने अडान लिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार