छ लाख लगानीको ‘फुल जस्तै’ ( भिडियो सार्वजनिक )

लोक गायक बलबहादुर (बिबि) गुरुङको गीत ‘फुल जस्तै’ सार्वजनिक भएको छ । उक्त गीत सोमबार सार्वजनिक गरिएको हो । गीतमा गायक तथा सर्जक सुजन लम्सालको शब्द रचना र संगीत रहेको छ भने बिबि गुरुङ र चर्चित लोक गायिका बिष्णु माझीको आवाज रहेको छ ।

त्यस्तै कोरस आवाज गायक प्रसाद खप्तरी मगर, यज्ञ बिक, बाब’ कृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियारकाे छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिक ‘भान्जा’ को रहेको छ ।

जसमा रेकर्डिस्ट सुमन राना हुन् । गीतको भिडियो मौसम हिमालीको निर्देशनमा श्याम घिमिरे र जुना सुन्दास लगायतको अभिनय छ । त्यस्तै करन चैसिरको छायांकन रहेको उक्त भिडयिो प्रविण भट्टले सम्पादन गरेका हुन् । पछिल्लो समय प्राय धेरै लोकदोहोरी गीतका लय एकै खालको हुबहु मिल्दै आएको बेला यस गीतमा भने धेरै फरक तरिकाले आफुले शब्द सृजना गर्नुका साथै संगीत भरेको रचनाकार सुजन लम्सालले बताए ।

त्यसै गरि गीत रेकर्ड गर्नदेखि लिएर भिडियो निर्माण गर्दासम्म करीब ६ लाख खर्च गरिएको यस गीतका गायक एवं लगानीकर्ता बिबि गुरुङले जानकारी दिए । गायिका बिष्णु माझीलाई मात्रै रु एक लाख बुझाएको उनको भनाई छ । गीतको भिडियो तल हेर्नुहोला

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार