विद्यालयको समाचार संकलन गर्न गएका पत्रकार प्रधानाध्यापकको कार्यकक्षमै कुटिए

धनगढी ।

धनगढीमा एक व्यापारीबाट पत्रकार कुटिएका छन् । दिनेश एफएमका सम्वाददाता जनक विष्टलाई तेजेन्द्र थापाले कुटपीट गरेका हुन् ।

त्रिनगर माध्यमिक विद्यालयको सटर भाडामा दिएको सम्बन्धमा रिपोर्टिङ गर्न गएका बिष्टलाई ब्यापारीले एकाएक कुटपीट गरेका हुन् ।विद्यालयका प्रधानाध्यापकसँग सटरका सम्बन्धमा जानकारी लिइरहेका बेला व्यापारी थापाले आक्रमण गरेका थिए । कुटपीटबाट घाइते पत्रकार बिष्टको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका बिरोधमा पत्रकारका पेशागत संघ–संगठनहरुले बिज्ञप्ती जारी गरेका छन् । यस्तै घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले गम्भिर ध्यानाकार्षण भएको जनाएको छ।

महासंघका कैलाली सचिव मिन ठकुरीद्वारा जारी विज्ञप्तीमा दोषीमाथि कारवाहीको माग गरिएको छ।

जनतालाई सूसुचित गर्ने जिम्मेवारी पुरा गर्ने क्रममा विष्टमाथि विद्यालयमै कुटपिट गरेको घटनालाई महासंघले आम पत्रकार र प्रेस स्वतन्त्रतामाथिको हमलाको रुपमा लिएको छ, जारी विज्ञप्तीमा भनिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार