को हुन महारानी राज्यलक्ष्मी राणा, जसले ठगेको भनि दर्जनौ मानिस आए । वीरमा फेरी अर्काे लुट !(भिडियो)

काठमाडौं ।
बेरोजगार युवाहरुलाई रोजगारी दिने नाममा ठग्ने गिरोह शहरमा जताततै छन् । बालुवाटारमा कार्यालय रहेको रानी डाइना विजनेश ग्रुपले रोजगारीका नाममा श्रम शोषण गर्दै दर्जनौ युवाहरुलाई ठगेको पाइएको छ । रानीराज्य लक्ष्मी राणा संस्थापक अध्यक्ष रहेको यस कम्पनीले ४० जना युवाहरुलाई रोजगारी दिने नाममा ठगेको भन्दै पीडित कर्मचारीले प्रहरीमा जाहेरी दिएका छन् ।

कम्पनीले उनीहरुलाई ट्रेनिङपछि रोजगारी दिने भन्दै पर्सनालिटी एण्ड लिडरशीप टे«ेनिङका लागि सुुरुमा १४ देखि १६ हजार रुपैयासम्म लिएको रहेछ । पछि काम दिलाउने भन्दै पार्टी प्यालेसमा भाडा माझ्ने, भान्सा सफा गर्ने सम्मका काम गराएको छ ।

बिजनेश ग्रुपका अहिलेका अध्यक्ष सुन्दर रिजालले इन्ट्रान्शीप भन्दै नयाँ बजारमा रहेको ड्रागन बान्क्वेट उनीहरुलाई काम गर्न पठाउने रहेछन् । जहाँ पार्टी प्यालेसका भाडा माझ्ने र सरसफाईको काम गराएपनि तलब नदिएर श्रम शोषण गरिने रहेछ ।

१८ देखि ३० हजारसम्म पैसा दिने भन्दै नियुक्ति पत्र दिइयो, तर ४ महिना काम गर्दा पनि एक रुपैया दिइएन । महारानी राज्य लक्ष्मी राणा संस्थापक मालिक रहेको उनको यो फेसबुक फेजमा लेखिएको छ र यी सबै डकुमेन्टहले उनी मालिक रहेको देखाउँछ ।

तर हामीले महारानीलाई सम्पर्क गरी ठगीका बिषयमा कुरा गर्न खोज्दा उनी भने आफू उक्त संस्थामा नरहेको बताउँछिन् र सुन्दर रिजाललाई दोष दिन्छन् । कतिसम्म भने केही युवाहरुले विरोध गर्न थालेपछि उनीहरुलाई विदेश पठाइदिन्छु भन्दै उनीहरुको पासपोर्ट लियो जुन अहिलेसम्म फिर्ता गरिएको छैन् ।

आफ्नो पैसा फिर्ता माग्दा महारानी राज्य लक्ष्मी राणाले राता–रात गायब गराईदिने, लाइसेन्स वाला बन्दुक भएको भन्दै गोली ठोकिदिनेसम्म धम्की दिएकी पीडितहरु बताउछन् । अहिले भने प्रहरीमा ठगीको उजुरी परेपछि प्रहरीले यस विषयमा छानविन गरिरहेको छ ।

पीडितहरु भने आफूलाई महारानी भनेर चिनाउने यी महिलाको पूरानो यस्तौ फोटो देखाउँदै उनको नाम समेत गलत भएको हुनसक्ने बताउँछन् ।
\

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार