मेसीले पूरा गरे ६०० गोल, लिभरपुलमाथि बार्सिलोनाको जित

युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल ले पराजित गरेको छ।

गए राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा हात पारेको जितसँगै बार्सिलोना फाइनल नजिक पुगेको छ।

बार्सिलोनाका लागि लुइस सुआरेजले खेलको २६ मिनेटमा गोल गरे। पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले ७ मिनेट भित्र २ गोल गरे।

मेसीले ७५ मिनेटमा डिबक्सभित्रबाट बार्सिलोनाको अग्रता दोब्बर पारे। ८२ मिनेटमा मेसीले बार्सिलोनाका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे। उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।

मेसीले इंग्लिस क्लबविरुद्ध ३३ खेल खेल्दा २६ गोल पूरा गरेका छन्। यस्तै उनले लिभरपुलविरुद्ध २ गोल गरेसँगै बार्सिलोनाका लागि ६ सय गोल पूरा गरेका छन्। उनले २००५ मेमा बार्सिलोनाका लागि डेब्यू गरेका थिए। त्यसयता बार्सिलोनाका लागि १४ वर्ष लगातार खेल्दा उनले ६ गोल पूरा गरेका हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार