मंगल मुर्ति भगवान गणेशले सबैको कल्याण गरुन,वैशाख १७ गते मंगलबार अप्रिल ३० तारिखको राशिफल

वि.सं. २०७६ वैशाख १७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अप्रिल ३० तारिख, वैशाख कृष्ण एकादशी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, ऐन्द्र योग, बब र बालब करण,,आजको चाडपर्व र उत्सव : बरुथिनी एकादशी व्रत, त्रिपुष्कर योग राती ११ बजेर ५५ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, भोलिको चाडपर्व र उत्सव : विश्व मजदूर दिवस, भोलिको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,


आजका लागि अशुभ समय :
राहु काल : दिउँसो ०३:१९ देखि ०४:५८ सम्म, यमघण्ट : बिहान ०८:४५ देखि १०:२३ सम्म, गुलिक काल : दिउँसो १२:०२ देखि ०१:४१ सम्म, काल वारवेला : दिउँसो ०१:४१ देखि ०३:१९ सम्म, रोग वारवेला : बिहान ०५:२८ देखि ०७:०६ सम्म र साँझ ०४:५८ देखि ०७:५८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
लाभ वारवेला : बिहान १०:२३ देखि १२:०२ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मबल बढ्ने छ । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले समेत सहयोग गर्नाले सन्तुष्टि मिल्नेछ । नाम, दाम र प्रतिष्ठाका लागि प्रयास गरिने छन् । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने र लाभ लिन सकिने समय छ । लाभदायक यात्राको सम्भावनालाई पनि नकार्न सकिंदैन ।

शुभरङ्ग : कालो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पितृस्थानमा रहेको चन्द्रमाका कारण वंश, कुल र पितृपक्षका विषयमा घोत्लिन मन लाग्नेछ । हाकिम वा अभिभावकका विचारले प्रभावित तुल्याउन सक्छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । साथीभाइसित भेटघाट हुने योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कर्मक्षेत्रमा मिहिनेतका साथमा खट्ने समय छ । आम्दानीको बाटो सहज छ । बन्दव्यापार र कारोबारबाट राम्रो प्रतिफल आउने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । पारिवारिक सम्बन्ध सामान्य ढंगले अघि बढ्ने छ । मायाप्रीति र रसरङ्गमा आकर्षण देखिंदैन ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : महालक्ष्मी, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने, के नगर्ने : लोभ र मोह

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति वा असहाय र बृद्धबृद्धाको सहयोग गर्नाले भाग्य अभिबृद्धिमा सघाउ पुग्नेछ । पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुने समय छ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय हो, प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ ।

शुभरङ्ग : सेतो वा पहेंलो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : कुलगुरु÷शिवजी, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग, के नगर्ने : आडम्बर र ढोंगीपन

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अष्टम भावको चन्द्रमाका कारण बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु राम्रो हुन्छ । चोटपटकको भय हुनेछ र बिनापत्ताको आरोप व्यहोर्नु पर्ने दिन छ । धन, धर्म र भाग्यमा हानी पुग्ने तथा स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपना बढ्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैको साथीले समेत कुरो बुझी दिदैंन् ।

शुभरङ्ग : कालो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्, के नगर्ने : असुरक्षित यात्रा

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी हुने छैन ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : परिवारमा अधिकतम समय दिने, के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । प्रेमी÷प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ, तर स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ ।

शुभरङ्ग : हलुका सेतो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भगवान् शङ्कर, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने, के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । तिनका भौतिक, बौद्धिक र शैक्षिक समस्यालाई निराकरण गर्ने प्रयास गर्नुपर्छ । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनमा नैराश्यता बढ्ने सङ्केत छ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने, के नगर्ने : बुद्धिको दुरुपयोग

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज चतुर्थ भावमा रहेको चन्द्रमाले घरगृहस्थीका झिनामसिना काममा खट्ने प्रेरणा प्रदान गर्नेछ । छरछिमेकी वा साथीभाइका क्रियाकलाप देखेर दिक्क मान्न सकिन्छ । कुनै किसिमको झैझगडा र वादविवाद हानिकारक बन्ने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध वा रागात्मक मनोभावनाका कारणसमेत निराशा हुनेछ । भाइबहिनी र सन्तानपक्षका समस्या र क्रियाकलापसमेत चित्त बुझ्दो हुँदैन । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । तर परदेशमा बस्ने वा वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । मातापिता वा अभिभावकसँग कुराकानी गरी खैखबर लिनु उचित हुनेछ ।

शुभरङ्ग : रातो वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : भगवती दुर्गा, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने, के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय हो । अल्छी गरेर वा चुप लागेर बस्नु ठिक हुँदैन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । विद्वान् र प्राज्ञिक व्यक्तिहरूसित सुमधुर सम्बन्ध कायम हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।

शुभरङ्ग : गाढा नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण, के नगर्ने : घमण्ड

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउने छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता पाइने छ । सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण समेत बन्नेछ ।

शुभरङ्ग : घिउ रङ, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः , न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने, के नगर्ने : अनावश्यक खानपान

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ ।

शुभरङ्ग : सिन्दूरे रातो, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने, के नगर्ने : हडबड र शीघ्रता,

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खर्च बृद्धि हुने समय चल्दैछ । बाह्रौं भावको चन्द्रमाका कारण काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । उता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ । यात्रामा पनि झमेला आउनसक्छ, सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नु पर्छ । स्वास्थ्यमा पनि अनुकूलता देखिंदैन, खानपानमा नियन्त्रण गर्नु राम्रो हो । मन नपरेको खबर सुन्ने योग छ, साथै नकारात्मक भावनाले दुःखित बनाउन सक्छ । त्यस्तै चिन्ता र शङ्का पनि आजका शत्रु हुन्, अतः मानसिक तनाव बढ्नाले मनमा दोधारको अवस्था सिर्जना हुनेछ ।

शुभरङ्ग : सेतो वा बैैजनी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दान, धर्म, परोपकार, के नगर्ने : रिसराग, उद्वेग र क्रोध

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार