तिलकोठी तथा चाँया हटाउने फेसप्याक

तिलकोठी तथा चाँया हटाउने फेसप्याक हरियो धनियाँको रसमा दुईदेखि चार थोपा कागतीको रस तथा तीनदेखि पाँच थोपा बियर मिसाएर अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।

बेसार एवं दही मिसाएर अनुहारमा लगाउने । लगाएको २० मिनेटपछि नुहाउँदा अनुहारको तीलकोठी सफा हुन्छ ।

एक कप दूधमा दुई चम्चा ह्विस्की मिसाएर आधा कप हुने गरी पकाउने अनि उक्त लेपलाई सुत्नुअघि अनुहारमा लगाई २० मिनेटपछि पखाल्ने । यसो गर्दा अनुहारको तीलकोठी हराउँछ ।

नोट : यी विधिमध्ये जुन सजिलो लाग्छ, त्यही प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार