कपिलवस्तुमा २१ वर्षकी युवतीलाई ढुंगाले हानेर हत्या

काठमाडौं

पिलवस्तुमा एक युवतीको ढुङ्गाले हानेर हत्या भएको छ। हत्या हुनेमा सुनीता थारु रहेकी छिन् । वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो।मृतक थारुको शव सोमबार विहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको हो । सुनीता थारुलाई ढुङ्गाले हानेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।प्रहरीले जानकारी दिए अनुसार युवतीको ढुङ्गा प्रहारबाट मृत्यु भएको र आशंकामा उनका श्रीमान २१ वर्षका सुरेश थारूसहित तीन जनालाई पक्राउ परेका हुन ।

स्थानीयले खबर गरेपछि सोमबार बिहान ४ बजेतिर शव फेला पारेका हौं ।’ उनले भने, युवतीको निधारमा ढुंगाले हानेको गहिरो चोट छ् । प्रक्राउ पर्ने २ जना सुरेशका साथी हुन्,’ उनले भने, ‘ढुंगाले हानेर युवतीको हत्या गरिएको निश्चित हो तर यसमा कसको संलग्नता छ भन्ने पत्ता लगाउन अनुसन्धान सुरु गरेका छौं।’

प्रहरीका अनुसार सुनीतालाई उनका श्रीमानले आइतबार राति ९ बजेतिर नुहाउन भन्दै घर नजिकैको वाणगंगा खोलामा लगेका थिए। त्यही बेला उनको हत्या भएको प्रहरीको अनुमान छ।नुहाउन गएकी छोरी राति अबेरसम्म घर नफर्केपछि माइती पक्षले सोमबार बिहानै प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार सुनीता र सुरेशले एक वर्षअघि प्रेम विवाह गरेका थिए। सुनीतालाई पहिलदेखि श्रीमान्, सासुलगायत परिवारले यातना दिने गरेको बुझिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार