गर्मीमा सनस्क्रीन बिना पनि यसरी रहनुस् सुन्दर

Loading...

एजेन्सी ।

सुन्दर रहन गर्मीमा अक्सर मानिसहरु महंगा ब्रान्डका सनस्क्रीन लगाउँछन् । तर यदि घामले छाला डढेको छ भने नरिवलको तेल लगाउनाले छालाको रंगमा सुधार आउँछ । तेलमा थोरै कपुर मिलाएर लगाउनाले पनि समस्या कम हुन्छ ।

आलुको बोक्राले छालामा ब्लीचको जस्तै काम गर्छ । यसलाई लगाउँदा कालो छालाको रंगमा सुधार आउँछ । घिउकुमारीको जेलले छालाको रातोपनालाई कम गर्छ । यसलाई लगाउनाले छिट्टै राहत मिल्छ ।

काँक्रोको रस एक कप निकालेर त्यसमा कागतिको रस मिसाउनुस् । त्यसलाई डढेको स्थानमा लगाएर १० मिनेटसम्म राख्नुपर्छ । यसलाई नियमित लगाउनाले चाँडै छालाको कालोपन हट्छ ।

दूधमा २ चम्चा बेसार लगाएर डढेको ठाउँमा लगाई केहीबेर त्यत्तिकै छाड्ने र पछि तातो पानीले धुनुपर्छ । यो प्रक्रिया दिनमा दुईदेखि तीनपटक गर्नाले डढेको स्थानमा सुधार आउछ ।

मुसुरोको दालमा दही मिसाएर त्यसको लेप लगाउनाले छालाको समस्या समाधान हुन्छ । यो लेप नियमित लगाउनुपर्छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार